logo
  • शुक्रबार, असोज ९ २०८३

समाजवादी प्रेस सगंठन कपिलवस्तुमा चन्द्रकान्त


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दीपा महत, कपिलवस्तु कार्तिक २३।
ब्यवसायीक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ।
मगंलवार दिउसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुको संयोजकमा चन्द्रकान्त न्यौपानेलाई चयन गरेको छ । सह–संयोजकमा मनोज थापा र कमला घिमिरे रहेका छन भने सचिवमा दीपा महत रहेकी छिन ।

यस्तै सदस्यहरुमा शिला भट्टराई, नन्दकिशोर यादव, रीता खनाल, लक्ष्मी थारु लगायत ११ सदस्यीय रहेको सगंठनका केन्द्रिय सदस्य दिपक अनुरागीले जानकारी दिए । अनुरागीका अनुसार् सह–सचिव, कोषाध्यक्ष र अन्य केही सदस्यहरु पछि थप गरेर सगंठनलाई पूर्णता दिने बताए । एकीकृत समाजवादी पार्टी कपिलवस्तुका प्रचार बिभाग प्रमुख तथा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास  बन्जाडेको अध्यक्षतामा  बसेको  थियो।

वैठकमा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश प्रचार विभाग प्रमुख डाक्टर वालकृष्ण चाँपागाईको प्रमुख आथित्यता र समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश संयोजक शिव सुवेदीको विशेष उपस्थित रहेको थियो ।

बैठकलाईं सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी प्रचार–विभागका प्रमुख समेत रहेका डा.वालकृष्ण चापागाईंले समाजवादी प्रेस संगठन नेपालले देशभरका ब्यवसायिक र श्रमजिवी पत्रकारहरुको नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend