logo
  • शुक्रबार, असोज ९ २०८३

दिदीबहिनी समूह जापानद्वारा वृद्धाश्रममा दर खुवाउने कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

पोखरा, भदौ  १९ ।
पोखराबाट रोजगारी तथा शिक्षाका लागि जापानमा बसोबास गर्दै आएका दिदिबहिनिहरुको संस्था पोखरेली दिदी बहिनी समूह, जापानले पोखरा वृद्धाश्रममा रहेका वृद्धाहरुलाई छोरीहरुको तर्फबाट दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
14194450_1329985370359775_2117849199_n
वृद्धाश्रममा रहेका ६३ जना वृद्धाहरुलाई दर खुवाउन समुहकी महासचिव अञ्जु भण्डारी पोखरा गएकी छन । दिदिबहिनी समुह जापानले पोखरा वृद्धाश्रमको सहयोगको लागि टोक्योमा तिज कायंकृमको आयोजन गरेको थियो । कायंकृमबाट संकलन भएको रकमबाट वृद्धाश्रम रहेका आफन्त विहिन जेष्ठ नागरिकहरुलाई दर खुवाईएको भन्डारीले बताउनु भयो । दर खुवाउने कायंकृमा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले तिजको दर खुवाउन आएका दिदिबहिनीहरुलाई स्वागत गर्नु भएको थियो ।
14256229_1329985353693110_1300141915_n
सो अवसरमा जापनमा बस्ने महिला दिदी बहिनीका आफन्तहरु सहित जनजाति पत्रकार महासंघ कास्किका अध्यक्ष हुम गुरुङ, वरिष्ठ फोटोपत्रकार सुर्दशन रंजित, पत्रकार सरस्वती गुरुङ, पत्रकार राज शर्मा, तथा सहारा क्लबका निवतमान अध्यक्ष विक्रम थकाली लगायतको सहभागिता रहेको थियो । आयोजक दिदिबहिनीहरुले वृद्धाश्रममा पुगेर रर्माइलो गर्नुका साथै फलफूल तथा जुस वितरणमा सरिक बनेका थिए ।

वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले जापानमा रहेर पनि पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई सम्झेर दर खुवाउन सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै भोजनकै लागि सञ्चारकर्मी सरस्वती गुरुङले पनि नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

गुरुङले सो रकम वृद्धाश्रमका अध्यक्ष बसन्त केशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो । पोखरा वृद्धाश्रममा चाडपर्व, जन्मदिन, विवाहको वार्षिक वर्षगाँठ, पितृ कार्यमा सहयोग गर्न दाताहरु जाने गर्दछन् । पश्चिमाञ्चल क्षेत्रकै नमुना वृद्धाश्रमको रुपमा अगाडि बढिरहेको पोखरा वृद्धाश्रममा असहयाय एवं वेवारिसे अवस्थाका ज्येष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन् ।

वृद्धाश्रममा १४ जिल्लाका फरक जाति समुदायका ६३ जना ज्येष्ठ नागरिकहरुलाई आश्रय प्रदान गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend