logo
  • शुक्रबार, असोज ९ २०८३

रुपन्देहीमा समाजवादी प्रेस संगठनको नेतृत्व चयन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

शिव सुबेदी, रुपन्देही कार्तिक २२।
समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमवार वुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो ।
कमिटीको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् । सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् । वैठकले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा वसेको वैठकमा पार्टीका केन्द्रीय सदस्य,रुपन्देही इन्चार्ज तथा सगंठनका वरिष्ठ सस्थापक नेता डा.बालकृष्ण चापागार्इंको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडे, सयोजक शिव सुवेदी लगायतको सहभागीता रहेको थियो ।

वैठकलाइृ सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी प्रचार विभागका प्रमुख समेत रहनु भएका डा.चापागाईंले समाजवादी प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशमा संगठन विस्तारको क्रम रुपन्देहीबाट अभियानको रुपमा थालनी गरिएको बताउंदै लुम्बिनी प्रदेशका सवै जिल्लामा कमिटी निमार्ण गरिने बताए । साथै उनले समाजवादी प्रेस सगंठनले श्रमजीवी पत्रकारहरुको नेतृत्व गर्ने समेत दावी गरे ।
यस्तै लुम्बिनी प्रदेश संयोजक शिव सुवेदीले सविधान तथा अभिब्यक्ति स्वतन्त्रता पक्षधर श्रमजीवी पत्रकारहरुलाई एकीकृत गदै आफ्नो सगंठन निमार्ण गर्ने सगंठनको प्रमुख उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend