logo
  • शुक्रबार, साउन ८ २०८३

इस्मा गाउँपालिकाद्वारा सामुदायिक विपद् प्रतिकार्य तालिम सन्चालन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

किरण अधिकारी, गुल्मी कार्तिक १५ ।
इस्मा गाउँपालिकाको आयोजना र श्रि संग्राम शार्दुल गुल्म तम्घास गुल्मीको सहकार्यमा इस्मा गाउँपालिकाको वडा नं ३ ठाडुङ्गामा चारदिने सामुदायिक विपत्त प्रतिकार्य तालिम सन्चालन भएको छ । विपत्तिलाई न्युनिकरण गर्न या विपत्तिबाट ठूलो धन जनको क्षेती हुनबाट रोक्ने उद्देश्यका साथ यो तालिम सन्चालन गरिएको हो । पालिकाका ६ ओटै वडाका करिब ४० जनालाई स्थानीयहरूलाई नेपाली सेनाले यो तालिम दिन लागेको हो ।
संसारका अरु राष्ट्र झै बदलिँदो वातावरणिय प्रभावको असर र नेपालको भौगोलिक कारण गर्दा बिभिन्न समयमा बाढि पहिलो भुकम्प लगायत बिभिन्न किसिमका प्राकृतिक प्रकोप कारण वर्षेनी ठूलो धनजनको क्षेती हुने गर्दछ। त्यसलाई न्यूनीकरण गर्न वा कुनै घटना हुन नदिनु हुनका लागि गरिने पुर्व तयारी या घटना भैसकेपछि घटनास्थलमा पुगेर नेपाली सेना सुरक्षाकर्मी लगायत सरकारी उत्दार टोली आउनु पुर्व ठुलो क्षेती हुन नदिनको लागि स्थानीय जनतालाई नै (फस्ट रेसपोन्डरको) रुपमा दक्ष बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको नेपाली सेनाका मेजर राजन भुजु ले जानकारी दिएका थिए।

कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले नेपालमा प्राकृतिक प्रकोप र सडक दुर्घट्ना र अन्य बिभिन्न कारणले हजारौं मानिसहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था छ यसलाई कम गर्नको लागि राष्ट्रव्यापी रूपमा नै विपत्ति न्युनिकरण सम्बन्धी तालिम हरेक स्थानीय तहमा सन्चालन हुदै आएको हुँदा इस्मा गाउँपालिकाले पनि यो कार्यक्रमलाई प्राथमिकताका साथ राखेको ।

यो तालिम लिन उत्साह उमंगको साथ लाग्नको लागि आग्रह समेत गरेका थिए भने चार दिने तालिम लिने सबैलाई गाउँपालिकाले प्रमाण पत्र र केही उपहार प्रदान गर्न घोषणा गरेका छन् ।

कार्यक्रममा नेपाली सेना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाका कर्मचारी नगर प्रहरी स्थानीय बुद्धिजीवी को उपस्थिति थियो भने कार्यक्रमको सन्चालन गाउँपालिका का सुचना प्रविधि अधिकृत बाबुलाल थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend