साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु कार्तिक ११ ।
म सफा गर्छु मेरो क्याम्पस भन्ने हेतुका साथ आज सिद्धार्थ क्याम्पसका छात्र युवा सामाजिक अभियन्ता मधु सुदन भुसालको नेतृत्वमा सिद्धार्थ क्याम्पस सरसफाई गरिएको थियो ।
विगत लामो समयदेखि आयोजना गरिएका विभिन्न कार्यक्रम तथा अधिवेशनबाट भएको फोहोर र त्यहाँबाट समुदायमा पर्न गएको असरप्रति सचेत रहेका युवाहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए।उक्त सरसफाई कार्यक्रममा युवाहरुले राजनीतिक गर्ने व्यक्तिहरू नै फोहोर गर्दै हिँडेको कुरा लज्जास्पद रहेको कुरा व्यक्त गरेका थिए।
आफूले गरेको फोहोर कम्तीमा आफैले सफा गर्नुपर्ने भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रम अझ महत्तवपूर्ण रहेको थियो। सरसफाई कार्यक्रमको बारेमा बोल्दै युवा अभियान्ता मधुसुदन भुषालले जिल्ला कै उत्कृष्ट QAA certified सिद्धार्थ क्याम्पसमा गरिएको त्यस फोहोराले क्याम्पस कै वातावरण समेत प्रदुषित हुन पुगेको कुरा बताएका थिए।
उनले यस्ता कार्यक्रमले राजनीतिक व्यक्तित्वहरुलाई नैतिक सन्देश समेत पुग्ने र पछि यस्ता गल्ती नदोहरिने कुरा समेत व्यक्त गरेका थिए । त्यसै कार्यक्रमका अभियान्ता दिवसराज पौडेलले समाजमा देखिएका फोहोर पखाल्छु भन्दै हिँडेका राजनीतिक नेतृत्वहरुले शिक्षा दिने मन्दिरको रुपमा रहेको क्याम्पसमा आफै फोहोर गर्दै हिँडेका नेतृत्वबाट समाज रूपान्तरणको अपेक्षा गर्नु मूर्खता रहेको कुरा बताएका थिए ।
यसैगरी युवा अभियान्ता असीम भट्टराईले युवाहरु यस्तै सिर्जनशील कार्यमा लागेर नेताहरुको गल्तीमा आवाज बुलन्द पारेर बोल्नुपर्ने कुरा बताएका थिए । उनले क्याम्पस परिसर यस्तो फोहोर हुनुले राजनीतिक व्यक्तिहरूको व्यवहार चरित्र स्पष्ट भएको कुरा बताए।
त्यसैगरी सामाजिक अभियान्ता सरोज घिमिरेले पनि आफ्ना भनाइहरु राख्दै जबसम्म राजनीतिक नेतृत्व ले फोहोर गर्दै हिँड्नेछन त्यतिबेला सम्म राजनीति पनि फोहोर नै रहनेछ भन्दै आफूहरुले राम्रो सन्देश दिन खोजेको कुरा बताएका थिए।
उक्त कार्यक्रममा कोपिला गिरी सजिता घिमिरे बासु पाण्डे अभिषेक पोख्रेल नारायण सापकोटा किरण घिमिरे रेनिशा अधिकारी सुष्मा रेग्मी लगाएत त्यसै क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो । फोहोर संकलन गर्ने क्रममा भेटिएको नेपाल कम्युनिष्ट पार्टीको झण्डा अभियन्ताहरुले उक्त पार्टीका प्रतिनिधि नगर कमिटी अध्यक्षलाई हस्तान्तरण समेत गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend