logo
  • आइतबार, असोज ११ २०८३

स्थानीय तहका कृषि र पशु प्राबिधिकलाई पकेट र ब्लग बिकासका बिषयमा अभिमुखिकरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक १०।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीले जिल्लाका १२ स्थानीय तहका कृषि तथा पशु प्राविधिकहरुलाई पकेट तथा व्लक विकास सम्बन्धि अभिमुखिकरण गरेको छ । कार्यक्रममा कार्यालयका निमित्त बरिष्ठ कृषि अधिकृत श्रीकृष्ण न्यौपानले परियोजनाको अवस्था र कार्यान्वयन प्रक्रिया, पकेट विकास कार्यक्रम बारे म्यानुअलमा रहेको ब्यवस्था र गत आर्थिक बर्षमा सन्चालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा तथा चालु आर्थिक बर्षको पकेट विकास कार्यक्रम बारे छलफल गरेका थिए ।
त्यस्तै कृषि प्राविधिक नारायणी गाहाले जोन तथा सुपरजोनका कार्यक्रम र प्रकाशित सूचना र अवस्थाको बारेमा जानकारी दिएकी थिइन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परियोजना तीन वटै सरकार मार्फत कृषि र पशुको क्षेत्रमा काम गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मार्फत जोन तथा सुपरजोन, कृषि ज्ञानकेन्द्र मार्फत ब्लक र स्थानीय तह मार्फत पकेट विकास कार्यक्रम संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीका निमित्त बरिष्ठ कृषि अधिकृत श्रीकृष्ण न्यौपानले जानकारी दिए ।

स्थानीय तहका कृषि र पशु प्राविधिकको अभिमुखिकरणले समन्वय बढ्ने र अन्तरस्थानीय तहबिच सिकाई बढ्ने र कार्यक्रमहरु एकै प्रकारका नहुँदा दुरुपयोगको संभावना कम हुने न्यौपानेले बताए । गुल्मीमा कफि सुपरजोन मार्फत सवै स्थानीय तहमा काम भइरहेको छ । इस्मा, सुत्यवति, रेसुंगा, रुरुक्षेत्र, सत्यवति, छत्रकोट र गुल्मी दरवार लगायतका स्थानीय तहका बढि वडाहरुमा कफिको काम भइरहेको कृषि प्राविधिक नारायणी गाहाले जानकारी दिइन ।

त्यस्तै सून्तला जात फलफुल जोन मार्फत मदाने, धुर्कोट, रेसुंगा, मुसिकोट, चन्द्रकोट, कालिगण्डकी, छत्रकोट र गुल्मी दरवारमा काम भइरहेको छ । बाख्रा जोन मार्फत मालिका, मदाने, इस्मा, धुर्कोट, मुसिकोट र मकै जोन मार्फत मुसिकोट, चन्द्रकोट, सत्यवति, छत्रकोट रुरुक्षेत्र र गुल्मी दरवारमा विभिन्न कार्यक्रम भएको गाहाले बताइन । यसैबिच मकै जोन (अनुसरण) मार्फत मालिका, मदाने, इस्मा, धुर्कोट र रेसुंगामा काम भएका छन् ।

परियोजनाको सोच सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने रहेको छ । भने कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने लक्ष्य रहेको छ ।

१५ हेक्टरसम्मका साना व्यवसायीक कृषि उत्पादन केन्द्रलाई (पकेट), सय हजार हेक्टरसम्मका व्यवसायीक कृषि उत्पादन केन्द्रलाई (ब्लक), ५ सय हेक्टरसम्मका ब्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्रलाई (जोन) र १ हजारसम्म ब्यवसायीक कृषि उत्पादन तथा औधोगिक केन्द्रलाई (सुपरजोन) विकास कार्यक्रम भन्ने गरिन्छ ।

सुपरजोनले औधोगिक, अनुसन्धान तथा कृषि प्राविधिक र उद्यमीलाई शैक्षिक काय, बजारीकरण र नियामकको काम गर्छ । जोनले पनि बजारीकरण, प्रसोधन, भण्डारण र श्रोतकेन्द्र विकासको काम गर्छ । त्यस्तै ब्लकले उद्यम विकास, उत्पादकत्व बृद्धि, मानव श्रोत साधन व्यवस्थापन र प्रदर्शन तथा प्रविधि हस्तान्तरणको काम गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीका सव इन्जिनियर क्षितिज न्यौपानेले जानकारी दिए । त्यस्तै पकेट विकास अन्तरगत उत्पादन र प्रविधि प्रसारको काम गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend