साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक १०।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धि सचेतना अभिबृद्धि गर्ने उदेश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रहरी र स्थानीयलाई संभावित विपद् जोखिमका बारेमा सचेतना अभिबृद्धि गर्न तालिम सुरु गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। तालिको नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । तालिको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले विपद जतिबेला पनि हुनेभएकाले क्षेती कमगर्न तालिमको आयोजना गरिएको बताए ।
उनले तालिम लिने र त्यसलाइ व्यवहारमा उतार्न सके विपद न्यूनिकरण गर्न सकिने बताए। तालिममा सहआयोजक संग्राम शार्दुल गुल्म धागिथुमबाट खटिएका तालिम प्राप्त नेपाली सेना प्रशिक्षकहरुले सेनाबाट सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गर्नेछन् । तालिममा विपद्, उद्धार कार्यमा नेपाली सेनाको भूमिका, क्षमता विपद्मा प्राथाकि उपचार बाढी पहिरो, आगो डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइएको थियो ।
संग्राम शार्दुल गुल्मका गुल्मपती राजन भुजुले विपद बारे पूर्व तयारी र घटना घटिसकेपछि गरिने उद्धारको बारेमा जानकारी गराएका थिए । तालिममा बाढी पहिरो, आगजनी लगायतका प्राकृतिक प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सम्बन्धी विपद पूर्वतयारी अभ्यास गराइने भुजुले बताए । रेसुङ्गा नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक भरत भलामीले हामी अगाडि प्रकृतिक प्रकोप भोग्दै अगाडी बढेको बताए । उनले विपदले धेरै पाठ सिकेएको र बिकासले बिनास निम्त्याएको भलामीले बताए ।
तालिममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले विपद् परिसकेपटि ठूलो महत्व हुने बताए । उनले विपद् नपर्दासम्म थाहा नहुने र परिसकेपछि मात्रै थाहा हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्ला भरका स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चाल गरेर जनशक्ति तयार गरिने पौडेलको भनाई छ । तालिममा वर्षा याममा हुन सक्ने बाढी पहिरो जस्ता विनाशकारी विपद्का समयमा तत्काल परिचालन भई मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले रहेको छ ।
आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने लगायतको कार्यमा गरिने उद्धारको बारेमा तालिम मार्फत सिकाइनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend