logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले बडिगाडको अध्यक्षमा कमलराज आचार्य, सर्वसम्मत ७३ सदस्यि कमिटि गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १० ।
नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ। अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यिय गाउँकमिटिको गठन गरेको छ।
जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलजला) र महेन्द्र केसि (भिमगिठे) सहित सदस्यहरु रहनुभएको छ। राति अवेर सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो। अधिवेशनले निवर्तमान सचिव दिनेश शर्माले प्रस्तुत गरेको राजनैतिक तथा साँगठनीक प्रतिवेदन समेत सुझाव सहित पास गरेको छ।

त्यस्तै अधिवेशनले नेकपा एमाले बडिगाडको इतिहास लेखन गर्नको लागि निवर्तमान अध्यक्ष गुणानिधि घिमिरेको संयोजकत्वमा १० वटै वडा कमिटिका अध्यक्षहरु रहेको कमिटि समेत गठन गर्ने निर्णय गरेको छ।बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुनिल शेरचनको अध्यक्षता तथा जिल्ला कमिटि सचिव विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend