logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले बडिगाडको प्रथम अधिवेशनको बन्दसत्र सुरु, दर्जन वढि आकांक्षी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक ०९ ।
नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिको प्रथम अधिवेशन ग्वालीचौरमा सुरु भएको छ। अधिवेशनको उद्घाटन गर्दै प्रदेश कमिटि सदस्य सुनिल शेरचनले वर्तमान सरकार परमादेश मार्फत प्रतिगामिहरुको भएको भन्दै मोतिपुरमा सुकुम्वासीको हत्या गरेर काम सुरु गरेको आरोप लगाउनु भएको छ ।
देशको समृद्धिको लागि नेकपा एमालेको आवश्यकता रहेको भन्दै देश भरबाट एकतावद्ध हुँदै एमालेमा गोलबन्द हुन र निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ। सो कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सचिवालय सदस्य मेहरसिंह पाइजा, जिल्ला कमिटि सदस्य विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिका संयोजक गुणानिधि घिमिरेको अध्यक्षता, उपसंयोजक बसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। खुल्ला रुपमा गरिएको उद्घाटन सत्रमा एमाले वाट २०४९, २०५४ सालमा निर्वाचित जनप्रतिनिधि, पार्टिका संस्थापक सदस्यहरु लगाएतलाई सम्मान गरेको थियो।

अधिवेशनको उद्घाटन पूर्व वडा÷वडा बाट आएको कार्यकर्ताहरुको टोलीले खौलार, खार लगाएतको बजार क्षेत्रबाट र्याली प्रदर्शन समेत गरेका थिए। नेकपा एमालेको वडिगाड गाउँपालिका स्तरीय कमिटि गठनको लागि बन्द सत्र सुरु भएको छ। दर्जन बढि नेतृत्वका आकांक्षि भएपनि सर्वसम्मत राति सम्म नेतृत्व चयन गर्ने गरि तयारी भैरहेको एमाले बडिगाडले जनाएको छ।

अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र ६६ जना सदस्य गरि कुल ७१ सदस्यीय गाउँकमिटि गठन हुनेछ। संविधानको मर्मअनुरुप ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने एमाले बडिगाडले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend