logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा (एमाले) गुल्मीको गाउँ/नगर अधिवेशनको तयारी पुरा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कात्तिक ८ ।
नेकपा (एमाले) गुल्मीको प्रथम गाउँ/नगर अधिबेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ९ गते मंगलवार हुनलागेको प्रथम गाउँ/नगर अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।
जिल्लामा रहेका २ वटा नगरपालिका र १० वटा गाउँपालिका मध्ये ११ वटामा एकैपटक प्रथम गाउँ/नगर अधिबेशन सम्पन्न हुँदैछ । रुरु गाउँपालिकामा भने सोमबारबाट अधिबेशनको सुभारम्भ गरिएको छ । नेतृत्व चयनका लागि भने छलफल जारी रहेको छ ।
अरु स्थानीय तहमा हुने अबिधेशनका लागि चाहिने आबश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकिएको बिश्वकर्माले बताए । अधिबेशनबाट आगामी २ वर्षका लागि ७५ जनाको कमिटी निर्वाचत हुनेछन् ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित हुनेछन् । अबिधेशनका लागि ४४ सय बढि प्रतिनिधी छनोट भएको उपसचिव बिश्वकर्माले बताए । अधिबेशनका लागि रेसुङ्गा नगरपालिकामा नेकपा (एमालें) सचिव प्रदीप ज्ञवाली र अन्य स्थानीय तहमा जिल्ला इन्चार्ज र जिल्ला कमिटीका पदाधिकारीहरु प्रमुख अतिथीका रुपमा खटिने भएका छन् ।

नेकपा एमाले गुल्मीले कात्तिक ६ गतेबाट सुरु गरेर जिल्ला भरका ९३ वटाका वडाहरुमा अधिबेशन सम्पन्न गरेको छ । सबै वडामा सर्बसहमतिमा नयाँ नेतृत्व चयन गरेको (एमाले) गुल्मीले जनाएको छ । नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend