logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमालेको प्रथम वडा अधिवेशन: इस्मा गाउँपालिका वडा नं ३ र ४ मा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

किरण अधिकारी, गुल्मी कार्तिक ६।
नेकपा एमाले गुल्मी को प्रथम वडा अधिवेशन अधिकांश‌ ठाउँमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरी सम्पन्न भएको छ। नेकपा एमाले को गुल्मी प्रथम वडा अधिवेशन अन्तर्गत इस्मा गाउँपालिका वार्ड नं ३ र ४ दर्लामचौर र दोहोली मा सर्बसम्मत नेतृत्व चयन गरी वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा नं ३ मा प्रेम भुसाल को अध्यक्षता उपाध्यक्ष ज्योति राज कुवंर, सचिव राम बहादुर नेपाली, सह-सचिव कमला जिसी र सुनिल नेपाली सहित ३१ जना क्रियाशील वडा कार्यसमिति चयन गरिएको छ। वडा नं ४ विष्णु सुनार को अध्यक्षता उपाध्यक्ष, टेक बहादुर नेपाली, सचिव, भिमकान्त खनाल, सह-सचिव, भोला थापा, कमला अधिकारी सहित ३१ वडा कार्यसमिति चयन गरिएको हो ।
वडा नं ३ का प्रमुख अतिथि नेकपा एमाले जिल्ला कार्यसमिति सचिवालय सदस्य हिरा एसीको रहेको थियो। कार्यक्रममा बोल्दै हिरा एसी ले अब नेकपा एमाले नयाँ ढंगबाट अगाडि बढ्ने पार्टी भित्र रहेका कमिकमजोरी हरूलाई सच्चाउदै पार्टी अब एक ढिक्का भएर जनताको सामु जाने दिन आएको उनले बताए नेकपा एमाले जनताको बहुदलीय जनवादलाई अन्गिकार गर्ने पार्टी भएको हुँदा र निरन्तर रूपमा आधारभुत जनताको पक्षमा मात्र वोकालत गर्दै आएको तर बिचमा पार्टीका आन्तरिक समस्याले गर्दा जनमानसमा परेको त्यो निराश लाई हटाउन अबिलम्ब लाग्नु पर्ने ,पार्टी को आन्तरिक खिचातानी ने गर्दा बिपक्षी हरू सलबलाएको हिरा एसीले बताए।
कार्यक्रममा लुम्बिनी दैनिकका बरिष्ठ पत्रकार तिलक महत नेकपा एमाले जिल्ला कमिटी सदस्य तोयानाथ सापकोटा निर्वाचन अधिकृत सोभा विष्ट, नेकपा एमाले गाउँ कमिटी सदस्य सिर बहादुर कुँवर, युवराज खरेल, कल्पना अधिकारी, छबी पाण्डे, रूपन्देही इस्मा सम्पर्क कमिटी उपाध्यक्ष ,विष्णु बहादुर अधिकारी, सदस्य कृष्ण मणि खनाल, साथै शिक्षक संगठन सदस्य सन्देश घिमिरे, निरबहादुर नेपाली, चेतनारायण कुवंर, गिता पाण्डे, जनप्रतिनिधि कार्यपालिका सदस्य कल्पना भुसाल, दलित महिला सदस्य फुलमती नेपाली उपस्थित थियो भने ।
कार्यक्रमको स्वागत मन्तव्य: घनश्याम खरेल र सन्देश घिमिरेको रहेको थियो भने कार्यक्रम सन्चालन राम बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय बासि हरूको बाक्लो उपस्थित थियो भने पन्चेबाजा बजाएर नाचगान सहित अधिवेशन भव्य रुपमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend