logo
  • आइतबार, असोज ११ २०८३

नेकपा एसका नेताले गरे जन्मदिनमा विद्यार्थीलाई सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी कार्तिक ०५ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गरेका छन् । एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नरेश भण्डारीले धुर्कोट गाउँपालिका –५ वस्तुका राजेश कुँवर र कस्मिरा कुँवरलाई नगद एवम् शैक्षिक सामग्री प्रदान गरेका हुन् ।राजेशले हिमालय माविमा कक्षा सातमा पढ्छन् भने कस्मिराले कक्षा ११ मा पढ्छिन् । नाताले राजेश भाइ र कस्मिरा दिदी हुन् । आफ्नो जन्मदिनको अवसरमा भण्डारीले शुक्रबार बिहान उनीहरुको घरमै पुगेर कापी र नगद दुई÷दुई हजार प्रदान गरेका हुन् । लामो समयसम्म अनेरास्ववियुको विद्यार्थी संगठन र त्यसपछि अहिले एकीकृत समाजवादी पार्टीमा सक्रिय भण्डारीले आफुसँग धेरै रकम भएर नभई विद्यार्थीको भविष्यको लागि सहयोग गरेको बताए ।त्यसका साथै उनले राजेश र कस्मिराको पढाइमा आफुले विभिन्न क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । उनीहरुकी आमा लक्ष्मीले सहयोग गरेकोमा नेता भण्डारीलाई धन्यवाद् दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend