logo
  • आइतबार, असोज ११ २०८३

तस्करीका मालसमान सशस्त्र प्रहरीले समाउदै, राजस्व अनुसन्धानले छोडिँदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रंजित चौरसिया,पर्सा कार्तिक ५ ।

सीमाबाट हुने तस्करीका मालसमान सहजै तरिकाले नेपालको विभिन्न ठाउहरूमा पुर्याउने गरेको एक घटनाले उजागर पारेको छ । सीमाबाट हुने गरेको तस्करीका मालसमान नेपालको विभिन्न ठाउहरूमा पुर्याउनको निम्ति राजस्व अनुसन्धान कार्यालयका पदाधिकारीहरू समेत रकममा लिप्त रहेको एक घटनाले उजागर पारेको हो ।राजस्व अनुसन्धान कार्यालय पथलैयाको छत्र छायामै रहि ठुला वडा तस्करहरू समेत सलबलाउन थालेका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बिहिवार राती करीब २ बजेको समयमा बिशेष सूचनाको अधारमा ट्रान्सपोर्टको गाडी नियन्त्रणमा लिएको थियो । तस्करीको मालसमान ओहोर दोहर ट्रान्सपोर्टकै माध्यमले हुने गरेको विशेष सूचनाको अधारमा पक्राउ गरिएपनी राजस्व अनुसन्धान कार्यालय पथलैयाको मिलोमतोमा छोडिएको श्रोतले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयामा ठुला वडा तस्कर समुहको सेटिङ्ग हुने गरेको कारण नियन्त्रणमा राखी राखने अवस्था नदेखिएको कार्यालय श्रोतले नै जनाएका छन । सशस्त्र प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि पठाइएको ट्रक पूर्ण रूपले चेकजाच नै नगरी छोडिएको श्रोतले दाबी गरे ।

यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बिशेष सूचना आए पश्चात् नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाइएपनी केही फेला नपरेको जानकारी आएको बताए । तर नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज क्षेत्रमा ४७ वटा ट्रान्सपोर्ट रहेको र केही ट्रान्सपोर्टको नाममा अबैध क्रियाकलापबाट मालसमान ओसार पोसार गरिरहेको ट्रान्सपोर्टमै रहेका कर्मचारीले दाबी गरेका छन । केही ट्रान्सपोर्टबाट राजस्वमा सेटिङ्ग भए पश्चात् अबैध तरिकाले आयात भएका मालसमान सजिलै ओहोर दोहर हुने गरेको बताइन्छ । उहाले त्यसता गतिविधिमा सन्लगन ट्रान्सपोर्टको नाम उल्लेख नगर्दै त्यस्ता ट्रान्सपोर्टको कारण सम्पूर्ण ट्रान्सपोर्ट बदनाम हुने गरेको बताए ।

यता राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनालीले आफू कार्यक्रममा गएको बेला कर्मचारीहरू चेकजाच गरेर ट्रक छाडेको प्रतिक्रिया दिएका छन । उनका अनुसार आफू कार्यक्रममै भएको बेला कर्मचारीहरू केही फेला नपरेको जानकारी दिएको कारण छोडन निर्देशन दिएको बताए । उनले आफ्नो तस्कर अथवा कुनै ट्रान्सपोर्ट सङ्ग कुनै किसिमको सहकार्य नरहेको ठोकुवा समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend