logo
  • आइतबार, असोज ११ २०८३

इस्मा गाउँपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी  कार्तिक १ ।
विजया दशमी तथा शुभ दिपावली र छठ अवसर पारेर इस्मा गाउँपालिकाले आईतबार वडा नं ३ ठाडुङ्गाको सभाहलमा एक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष उपाध्यक्ष बिभिन्न राजनीतिक दलका नेता तथा सबै वडाका वडा अध्यक्ष कर्मचारी स्थानीय बुद्धिजीवी स्वास्थ्य कर्मी शिक्षक पत्रकार सरोकारवाला सबैको बाक्लो उपस्थित थियो ।‌
शुभकामना कार्यक्रम उपस्थित सबैले विजया दशमी शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले सम्पुर्ण इस्मा गाउँपालिका वासिहरूलाई शुभकामना दिएका थिए ।

चाडपर्वहरू सबैका साझा भएका हुँदा सबै मिलेर चाडपर्वहरू सोभार्द पुर्ण वातावरण मनाउन आग्रह गरेका थिए भने। इस्मा वासि आमा बुबा दाजु भाई दिदी बहिनीहरूको सु स्वास्थ्य एवंम दिर्घायुको कामना गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका इस्मा गाउँपालिका सचिव बैकुण्ठ कुवंरले शुभकामना मन्तव्य दिएका थियो कार्यक्रममा बोल्दै कुवंरले इस्मा गाउँपालिका आजदेखि अझै धेरै जनमुखी र आम सर्वसाधारणले पनि सरकार छ भन्ने आभाष दिलाउने तरिकाले पालिकाले काम गर्दै जाओस् भन्दै आग्रह समेत गरेका थिए भने पालिका ले शुभकामना आदानप्रदान कार्यक्रम राखेको मा धन्यवाद दिएका थिए।

राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला उपाध्यक्ष रामेश्वर खत्री आफ्नो र पार्टीको तर्फबाट शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाले यो ठाउँमा राष्ट्रिय जनमोर्चा पनि छ है भनेर इंकित गरेकोमा आफुलाई शुभकामना दिने अवसर दिएकोमा पालिकालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend