logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा खोला तर्ने क्रममा बलेरो जिप बाढीले बगायो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी कात्तिक १ ।
गुल्मीमा अबिरल वर्षासँगै आएको बाढिमा खोला तर्ने क्रममा बलेरो जिप बगाएर बेपत्ता भएको छ । सोमबार दिउँसो जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएको जिप खोजि कार्य जारी रहेको छ ।

जिप बगाए पनि मानबिय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर अबिरल वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend