logo
  • आइतबार, असोज ११ २०८३

दुर्गामुर्ती स्थापना देखी बिसर्जनसम्म गाउँकै पहिलो इतिहास


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय,मर्चवार असोज २९ ।

रुपन्देहीको दक्षिणी क्षेत्र नेपालकै पछी परेको क्षेत्र मर्चवारको नामले सु-प्रशिद्ध छ सो क्रममा दुर्गा पुजालाई पनि त्यहाँको लागि नौलो मानिएको देखिन्छ । रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा नं २ पर्ने पडरहिया गाउमा इतिहासमै पहिलो चोटि गाउमा दुर्गा माताको मुर्ती स्थापना गरि नौं दिनसम्म पुजा अराधना देखि लिएर मुर्ती बिसर्जनसम्मको यात्रा इतिहास कायम हुने भएको छ । उक्त गाउमा पहिलो चोटि युवाहरुको सहभागीता र सहयोगमा दुर्गा माताको मुर्ती स्थापना गरि पुजापाठ गरि आज सम्पन्न भएको छ । सो गाउमा पहिलो चोटि यस्तो कार्यक्रम हुदा गाउले सबै खुशी भएका छन । गाउँमा मुर्ती ल्याइएर पुजापाठ होस भनी सबैको चाहना भएपनि कसैको आट थिएन पछि हामी गाउका २/३ जनाको सक्रियतामा समिति गठन गरि मुर्ति स्थापित गरेर नौं दिनसम्म पुजापाठ गरि आज बिसर्जन गरेको कार्यमा संयोगवस युवा पुजारी नै राखेर पनि गाउमा इतिहास कायम गरेको भनी समिती अध्यक्ष राधेश्याम यादबले बताएका छ्न ।उक्त गाउको पुजापाठ कार्यमा सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दस हजारको आर्थिक सहयोग त्यस्तै आउने निर्वाचनका भावी उम्मेदवार समाजसेबी निरंजन पाठक,हरिराम यादब ,अजय कुमार गुप्ता लगायत अन्य सबै गाउलेको सहयोग रहेको भनी समितीले जानकारी दिएको छ । उक्त गाउको रामकिशुन बरई,राधेश्याम यादव लगायत राजकुमार गुप्ता , उदयराज यादब , महेन्द्र यादब , सन्तोष यादब , बिष्णु यादब लगायतको ११ सदस्यीय समितिले आज दुर्गापुजाको कार्यलाई युवा पुजारी जगदीश्वर उपाध्याय र प्रभाकर उपाध्याय द्वारा बिसर्जन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend