साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु असोज २५ ।
प्रेस चौतारी नेपालको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात मै पत्रकारिताको क्षेत्रबाट बिकास मानवअधिकार तथा सुशानको बिसयमा आम जनतालाई सु सज्जित गर्ने कृयासिल पत्रकार ३ जनालाइ बिकासिल र नन्दराम पौडेल स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।
जसमा रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे, प्रेस चौतारिका सचिव बाबुराम रायमाझी र नन्दराम पौडेल मरोणापरान्त उहाका दाजु टेकराज पौडेललाइ रु १० हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले गिरधारिलाल न्यौपानेले संसार भरी रहेको अध्यारोलाई उज्यालो गराउने, गरिबी विरुद्धको लडाइँमा सचेत गराउने, सत्य र साचो कुरा लेख्न बोल्न सक्ने हुनुपर्छ त्यसका लागि पत्रकारले खुट्टा कमाउनु हुदैन ।
आन्दोलनको आवाज कलमले नेतृत्व गर्नुपर्छ त्यसका लागि तयारी गर्न सबै पत्रकारले काम गर्नु पर्न बताए । त्यसै गरि लुम्बिनी प्रदेश सभासद बिस्नु पन्थिले पत्रकारसँग ठूलो शक्ति रहेको हुन्छ तर त्यसलाइ जनताको हितको बिसयसग जोडिनु पर्छ जसले सरकार समेत परिवर्तन गर्न सक्ने तागत हुन्छ त्यसका लागि आफू अनुशासित रुपले सुचना र सन्चारको माध्यमबाट एमालेको बिचारलाइ मैदानमा लैजाने काम गर्नुपर्छ ।
त्यसका लागि कमिकमजोरी छन भने अनुशासित रुपमा आलोचना गरि सुधारको बाटोमा लाग्नुपर्ने बताए। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी झबिलाल पोख्रेलले सम्मान भनेको ठूलो वा सानो जे भएपनी त्यसको गरिमा सम्मानित पत्रकारले बचाउन सक्नुपर्छ र त्यसको लागि पत्रकारले अझ मिहिनेत गर्नुपर्छ र कामको सम्मान गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी कपिलवस्तुका संस्थापक अध्यक्ष टेकराज पौडेल ,पुर्ब अध्यक्ष भेसराज पाण्डे प्रचार बिभाग प्रमुख लक्ष्मण बेलबासे, प्रेस चौतारी केन्द्रिय सदस्य पार्वती पाण्डे, लुम्बिनी प्रदेशका सभासद बिस्नु पन्थी ,नेकपा एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेल र नेकपा एमाले केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेको उपस्थितिमा सम्पन्न कार्यक्रम प्रेस चौतारी कपिलवस्तुकाअध्यक्ष हरि अधिकारीको अध्यक्षतामा कार्यसमिति सदस्य थानेश्वर अधिकारिको स्वागत र सचीव बाबुराम रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend