logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीदरवार गाउँपालिकामा २२७ वटा पसल अनुगमन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असोज २४ ।
गुल्मीदरवार गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । महान पर्व बिजया दमी तथा दिपावली पर्वमा हुनसक्ने कालोबजार तथा म्याद गुर्जेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तिब्रता दिएको हो ।
गाउँपालिकाले बिभिन्न स्थानमा २२७ वटा पसलहरुका अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा ४५ वटा पसलबाट म्याद गुर्जेका कुकिज, सुजि, बेसन, चाउमिन, भुजा, कोक, पेन्टा लगायत लेबल नभएका २५ हजार वढिको सामाग्रीहरु बरामत गरिएको पाण्डेले बताए ।
अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend