logo
  • आइतबार, असोज ११ २०८३

एकीकृत ग्रामिण विकासको साधारण सभा सम्पन्न, अध्यक्षमा श्रीपाली सर्वसम्मत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज २२ ।
एकीकृत ग्रामिण विकास समाज गुल्मीको १२ औँ अधिवेशन एवम् २७ औ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार तम्घासमा सम्पन्न अधिवेशनले गणेश श्रीपालीको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा भगवती श्रीस, सचिवमा शंकर नेपाली, सह–सचिवमा कमला विक, कोषाध्यक्षमा तुल्सिराम काउछा लगायत अन्य सदस्यहरु रहेका छन् ।
सभाकै अवसरमा संस्थाले विभिन्न क्षेत्रमा रहेर समाजमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । जस अन्तरगत लामो समयदेखि सामाजिक अभियानमा सक्रिय विष्णु प्रसाद भण्डारी, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुराए बापत गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या, प्रशासन विज्ञको रुपमा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, उत्कृष्ट कर्मचारीको रुपमा बसन्त श्रेष्ठ, कमल सुनार र माधव भट्राई लाई सम्मान गरिएको छ ।

त्यसैगरि जिल्लामै पहिलो पटक पूर्ण संस्थागत गाउँपालिका घोषणा गर्ने मालिका गाउँपालिकालाई पनि संस्थाले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका विशेषाधिकार समति सभापति कमलराज श्रेष्टले राजनीतिक दलहरु आपसी झगडा नभर्ई विकासमा केन्द्रित हुनुपर्ने बताए ।

भगवानले नेपालीलाई अरु सबैथोक दिएपनि बुद्धि नदिएर आफुहरु पछाडी परेको उनको भनाई छ । साथै एकीकृत ग्रामिण विकास समाजले गरेको काम उत्कृष्ट रहेकोले यस संस्थाबाट अन्य गैर सरकारी संस्थाले पनि सिक्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष हिरा एसीको अध्यक्षता, उपाध्यक्ष श्रीसको स्वागत मन्तव्य तथा सचिव नेपालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend