साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी असोज २१ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाटमा नेकपा एमालेले बृहत अगुवा कार्यकर्ता भेला तथा बिजयादशमी सुभ दिपावलीको सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा नेता ज्ञवालीले एमाले बिलय गराउने षडयन्त्रका साथ २०५० जेठ ३ मा जननेता मदन भण्डारि र जीवराज आश्रीतको त्रिसुलि नदिमा गाडी दुर्घटना गराई हत्या गरिएको तर एमाले बिलए गराउन बिफल भएको बताएका छन् । आन्तरिक तथा बाहिय प्रतिगामी सक्तिहरुले जननेता मदन भण्डारिले तत्कालिन समयमा नेकपा एमालेको साङ्गठनिक संरचना जनता समक्ष बलियो गराउँदै लगेकाले सिङ्गो एमाले बिलए गराउन हत्या गरियो तत्पश्चात एमाले झन दर्हो खरो रुपमा जनताको माझमा पुग्यो र २०५१ को आम निर्वाचनमा निकै लोकप्रिय पाटी भएको बताए ।
बर्तमान अवस्थामा पनि एमाले फुटाउन यिनै प्रतिगामी शक्ति लागि परिरहेको तर पाटी फुटेर केही मान्छे जाँदैमा एमाले कदापी नसकिने खिया लागेर बिग्रेका नट्बोल्ट फुस्कियको बताए । २०५२ मा पनि पाटी फुट्यो तर सुर्यको ताप र राप फुट्न नसकेकाले सारा चुनौती चिर्न सफल भएको बताए । आफ्नै पाटिको दुई तिहाई सरकार ढाल्नको लागि माधव कुमार नेपाल प्रचण्ड र विपक्ष दल काङ्ग्रेसका शेर बहादुर देउबाको बञ्चरो र बिँड भएको आरोप लगाए। जनादेश बाट होईन अदालतको परमादेशले हामी सरकार बाट बाहिर गएका हौं सबै हिसाब किताब आगामी निर्बाचनमा भारी जनमत लिएर हुने बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासमा माधव नेपाल केसर जङ्ग रायमाझिको बाटोमा अग्रसर भएको बताए । सरकार गठन भएको झण्डै तीन महिना बिति सक्दा परमादेशको देउवा सरकारले मन्त्री परिषद गठन गर्न नसक्नु ,भुमी आयोग खारेज गरि सुकुम्बासी जनताको छातिमा बुट बजारिदिनु तुईन प्रकरणमा मारिएका जयसिंह धामी बारे गैर जिम्मेवार हुँदै राष्ट्रियता माथी खेलवाड गर्नु परमादेश सरकारको कुनै तुक नरहेको बताए । देउवा सरकारले १४ सय सडक आयोजना खारेज गरि बिकाश बिरोधि कार्य ल्याएको पनि आरोप लगाए । अगुवा कार्यकर्ता भेलामा विशिष्ट अतिथिको रुपमा गुल्मी जिल्ला इन्चार्ज दिनेस पन्थी जिल्ला उपाध्यक्ष बालसिंह काउछा जिल्ला सचिवालय सदस्य कृष्ण सुनारले सम्बोधन गर्नु भएको थियो ।
सम्बोधनको क्रममा जिल्ला ईन्चार्ज पन्थिले जनताको सुख दु:खको साथी एमाले रहेको बताए । त्यस्तै एमाले गुल्मी जिल्ला उपाध्यक्ष काउछाले पाटी कमिटि ब्यवस्थित नहुँदा कर्यकर्ता अन्यौलमा परेकाले स्थानीय निकायमा साङ्गठनिक असर देखिएको बताए । कृष्ण सुनारले निर्बाचनमा दलित बस्ती लाई प्रयोग मात्र होईन बिभेद रहित समाजको निर्माण आजको आवश्यकता रहेको बताए । उक्त कार्यक्रममा स्वागत मन्तब्य जीव नारायण न्यौपाने मन्तव्य वडा नम्बर ६ खड्गकोटका निर्बाचित वडा अध्यक्ष कबिराज ढकाल र एमबहादुर कार्किले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सेर बहादुर बुढाले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता कालीगण्डकी गाउँकमिटी अध्यक्ष रामजी ढकालले गर्नु भएको थियो । ब्यापक स्थानीय जनसमुदायको उपस्थिति संगै कार्यक्रमको बिसर्जन गर्दै आगामी दिनमा कालीगण्डकीको सिङ्गो सङ्गठनलाई मजबुत र बलियो बनाउँदै लैजाने रामजी ढकालले बताउनु भयो । अगुवा भेला कार्यक्रममा कालीगण्डकी गाउँपालिकामा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन ठूलो भुमिका खेल्नु भएका बृद्ध कम्युनिस्ट हस्तिहरु भगवती श्रेष्ठ ,शिव श्रेष्ठ ,सेर बहादुर पुन, प्रेम सुनार,गगन नेपालीलाई नेता ज्ञवालीले दोसल्ला ओडाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीयको उत्साह जनक उपस्तिथि थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend