साझा नेटवर्क
किरण अधिकारी, गुल्मी असोज २० ।
गुल्मीको ईस्मा गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदीलाई स्वागत गरेको छ । कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, गाउँकार्यपालिकाको कार्यलयका कर्मचारीहरु, वडा सचीवहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि पनि पटक पटक इस्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म न टिक्ने समस्या देखिएको थियो। सोही कारणले गर्दा इस्मा बासी आम सर्वसाधारण नागरिकमा बिभिन्न किसिमका आशंका र अन्डकल बाझि कायमनै रहेको छ।
प्रशासकीय अधिकृत न टिक्नु सिंगो गाउँपालिका र जनप्रतिनिधि माथि केही प्रश्न तेर्सिएको अवस्था रहेको स्थानीय हरू भनाई छ।
आस छ बिगतको जस्तै घटनाहरु अब फेरी नदोहोरियोस् लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत बस्ने वातावरण मिलोस् कतै राजनीतिक दाउपेचका कारण काम गर्न असहज परिस्थिति सिर्जना नहोस्।
कर्मचारी लगायत जनप्रतिनिधिहरूको गलत कदम प्रबृत्ति विरुद्ध डटेर सामना गर्न सामर्थ्य बढोस् भन्दै आग्रह गर्दै स्थानीयबासीहरूले नयाँ प्रशासकीय अधिकृत सुवेदीलाई शुभकामना समेत दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend