साझा नेटवर्क
किरण अधिकारी, गुल्मी असाेज २०।
नेपाली कांग्रेस गुल्मी जिल्लाको १४औ महाधिवेशन अन्तरगतको वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस गुल्मीकाे १२ वटा नगर र पालीका मध्ये हालसम्म ९ वटापालीकामा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
इस्मा गाउँपालिका भव्य रुपमा सम्पन्न भएको हो आपसी समझदारीबाट सर्बसम्मत रूपमा नेतृत्व चयन गरिएको हो । सभापतिमा कृष्णप्रसाद रिजाल, उपसभापतिमा डिल्लीराज पन्थी, पार्वता कुवंर, सचिवमा, बैकुण्ठ कुवंर, ईश्वरी प्रसाद घिमिरे, सहसचिवमा, पदम बहादुर कुँवर, कृष्ण थापा, लगायत २० जना सदस्यहरू सर्वसम्मत छनोट गरिएको हो ।
त्यस्तै मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, सभापति चयन हुनुभएको छ । मदाने गाउँपालिकामा महेन्द्र कुँवर, धुर्कोट गाउँपालिकाबाट हरी बहादुर थापा, गुल्मीदरबार गाउँपालिका प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, रुरु क्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल, सत्यवती गाउँपालिका बिष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, मुसिकोट नगरपालिका, मोहन घिमिरे, कालीगण्डकी गाउँपालिकामा निम ब श्रीस, चयन हुनुभएको हो भने रेसुङ्गा नगरपालिमा जयस्वर पन्थी निर्वाचित हुनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend