logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली काँग्रेस गुल्मीको पालिका अधिवेशन : अधिकांश स्थानीय तहमा सर्वसम्मत नेतृत्व


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्ताेष महतारा, गुल्मी असाेज १९ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका १२ पालिकामा आज अधिवेश भएको छ । केही स्थानीय तहमा अहिलेपनि अधिवेशन जारी रहेको छ । सहमतीमा कतै नेतृत्व छनोट भएपनि कतै सहमती जुट्न बाँकी छ भने कतै मतदान प्रक्रिया सुरु भएको छ ।
मुसिकोट नगरपालिकामा सहमती जुट्न नसकेपछि सभापति छनोटका लागि अहिले मतदान हुदै छ । नगरपालिकाको सभापतिमा झबिलाल भण्डारी र मोहन घिमिरेका लागि मतदान हुदै छ । सहमती गर्न दिनभर प्रयास गरेपनी सहमती जुट्न नसकेपछि मतदानको प्रक्रिया सुरु भएको हो ।

उपसभापतिका लागि पनि मुसिकोटमा मतदान हुदै छ । २ जना उपसभापतिका लागि ४ जना उमेदवार रहेका छन् । मदाने गाउँपालिकामा महेन्द्र कुँवर सभापतिमा सर्वसम्मत चयन भएका छन् । मालिका गाउँपालिकाको सभापतिमा उपेन्द्र अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । इस्मा गाउँपालिकामा कृष्ण रिजाल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । धुर्कोट गाउँपालिकामा हरि थापा सभापतिमा निर्वाचित भएका छन् ।

गुल्मी दरबार गाउँपालिकामा सभापति प्रेम पुन र सचिवमा शालिकराम टण्डन सर्वसम्मत चयन भएका छन् । छत्रकोट गाउँपालिकामा धातानन्द भूसाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । चन्द्रकोट गाउँपालिकाको सभापतिमा बिष्णु प्रसाद भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकामा अझै सहमती हुन सकेको छैन ।

नगरपालिकामा सभापतिका लागि हरि कुमार श्रेष्ठ, गगन केसी, जयश्वर पन्थी र भरत भलामी उमदेवारको रुपमा रहेका छन् । जिल्लाका बाँकी अन्य स्थानीय तहमा नेतृत्व छनोटका लागि सहमती गराउने प्रयास जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend