logo
  • शुक्रबार, साउन ८ २०८३

त्रिभुवन नमुना मावि खर्वाङमा कक्षा १२ का विद्यार्थीद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कमल पौडेल, बागलुङ्ग असोज १९ ।
बागलुङ्गको बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक ढालमणि भण्डारीले विद्यार्थीहरुको हरेक विधा तथा क्षेत्रको विकासको लागि अधिकतम पर्यत्न गरिएको भन्दै भरपुर उपयोग गर्न आग्रह गर्नुभएको छ।
विद्यार्थीहरुको अनुसासनमा विद्यालयले कुनै सम्झौता नगर्ने भन्दै विद्यालय भित्र सिकाइको अधिकतम बातावरण सिर्जना गरिएको बताउनु भएको छ। सो कार्यक्रममा कक्षा १२ का सोनिया भुसाल र करिस्मा श्रीसले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कक्षा ११ का सन्दिप पौडेल, प्रमिला नेपाली, सुस्मा पौडेल, सिर्जना घिमिरे तथा खिमा विकले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

विद्यार्थीहरुले विद्यालयको शिर उचोहुने गरि सिकाइमा आवद्ध हुने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले मायाको चिनो समेत हस्तान्तरण गरेका थिए। कार्यक्रम कक्षा १२ का तेजश्वी भण्डारीको अध्यक्षता, पारस खरेलको स्वागत मन्तव्य तथा किनार विकको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend