साझा नेटवर्क
रञ्जित चौरसिया, पर्सा असोज १५ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोलि प्रमुख प्रहरी हवलदार अर्जुन साह कानुले जिल्लामा चान्दा आतन्क मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू सङ्ग समेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कानुको बिषयमा उजागर भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलिको नाममा एक प्रहरी संगठन खडा गरेको र कुनै किसिमको अपराधी क्रियाकलापका साथ साथै अबैध क्रियाकलापको बिषयमा खबर आउनसाथ तुरून्तै घटना स्थलमा पुग्ने गरेको भनिएपनी आफ्नो वर्दीको आडमा प्रहरी हवलदार साह कमाइ खाने भाडो बनाएका छन । बिरगंजको इनर्वा, श्रीसिया, अलौ, अमरपटी लगायत विभिन्न नाकाबाट खुल्याम तस्करी गराउन क्यू आर टी टोलिका प्रमुख साहको अहम भुमिका रहेको बुझिन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले आफ्नो कार्य क्षेत्र भित्र कडा रूपले निगरानी बढाउन क्यू आर टी टोलिका प्रमुख प्रहरी हवलदार अर्जुन साह कानुलाइ जिम्मेवारी दिएपनी आफनै हाकिमको आदेशलाइ खिल्ली उडाउदै साहले कमाइ खाने भाडो बनाएको केही प्रमाणहरू फेला परेको छ ।
प्रहरी हवलदार साहले विभिन्न तस्कर सङ्ग गरि मासिक २० लाख भन्दा बढी रकम उठाउने गरेको श्रोतको दाबी रहेको छ । सशस्त्र प्रहरीका डिआइजी चन्द्र प्रकाश गौतमको सरूवा हुनासाथ केही दिनको लागि भएपनी सीमा नाकाबाट तस्करी गराउनको निम्ति लाइन खुलाउन सफल भएको बताइन्छ ।
सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका प्रहरी हवलदार अर्जुन साह कानुले आफ्नो वर्दीका साथ साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको समेत धज्जी उडाएको पाइन्छ । तसर्थ : यस्ता गतिविधिलाई बढावा दिने प्रहरी हवलदार अर्जुन साह कानु माथी प्रहरी उपरीक्षक पाण्डेको ध्यान जान अति अवाश्यक देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend