logo
  • आइतबार, असोज ११ २०८३

नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल कपिलवस्तुद्वारा खनाल परिवारलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सिर्जना आचार्य, कपिलवस्तु असोज १५ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कपिलबस्तुले कपिलबस्तुको बाणगंगा ५ बैकुण्ठपुर निवासी स्वर्गीय ज्ञानकला खनालको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
सामाजिक काममा निरन्तर सकृय रहँदै आएका नेबिसंघ र तरुण दलले विपत्तिको समयमा समेत गरिव तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको थियो ।

लामो समयदेखि क्यान्सर रोग ग्रसित ज्ञानकलाको उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएकाले काजकिरियाको लागि ५० हजार रुपैंया आर्थिक सहयोग गरिएको नेपाल बिद्यार्थी संघ क्षेत्र नं. १ कपिलबस्तुका सभापति चन्द्रकान्त पोखरेलले बताउनु भयो ।

नेबिसंघ र तरुण दलले नेपाली काँग्रेसका क्रियाशिल सदस्य, संघसंस्था र नेबिसंघ तरुण दलबाट सहयोग संकलन गरि खनाल परिवारलाई प्रदान गरेको हो ।

उक्त सहयोग रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि दुनिका भुसालले खनालका दुई छोरीलाई कक्षा १० सम्म पढनपाठनको जिम्मा लिनुभयो । उहाँले सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस बाणगंगाका नगर सभापति विष्णुबहादुर थापा, तरुण दल सभापति शक्तिसिंह ठकुरी, नेबिसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, शालिकराम चौधरी लगायतले नेविसंघ र तरुणदल सामाजिक काम र विपन्न परिवारको साथमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend