logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली कांग्रेस रेसुङ्गा नगरको उपसभापतिमा खुम खत्रीले उम्मेदवारी दिने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज १३ ।
नेपाली कांग्रेस गुल्मीको स्थानीय तह अन्र्तगत यहि असोज १९ गते हुनलागेको नगर अधिबेशनमा खुमबहादुर खत्रीले गुल्मी रेसुङ्गा नगरपालिकाको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १३ का वडाअध्यक्ष समेत रहेका खत्रीले उपसभापति पदमा आफनो उम्मेदवारी दिने बताएका छन् ।
समाज सुधारको लागि रोजौं बाटो गतिशिल कांग्रेसको लागि युवाको खाँचो भन्ने नारा साथ उम्मेदवारी दिने खत्रीले बताए । उनले समाज परिर्वतनको निम्ती युवा अग्रस्थानमा आउनु पर्ने बताए ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित खत्रीले वडामा बिकासको निम्ती महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । वडा तहबाट नगरवासीको सेवाको निम्ति आफनो उम्मेदवारी रहेको खत्रीले बताए ।

बिभिन्न संघ संस्थामा रहेर बिभिन्न जिम्मेवारी समालेर अनुभव संगालेका खत्री लोक दोहोरी गित प्रतिष्ठान गुल्मीको अध्यक्ष हुँदा नेपालकै उत्कृष्ट शाखा बनाउन सफल भएका थिए । नेपाली कांग्रेसको भात्रीसंगठन नेपाल साँस्कृतिसंघ जिल्ला कार्यसमितिको सभापती समेत रहेका युवा नेता खत्री पार्टीका बिभिन्न संगठनमा रहेका काम गरेका थिए ।

पार्टीको कामसँगै समाज सेवाको निम्ती बिभिन्न संघ संस्थाको मुख्य भुमिकामा रहेर काम गर्दै आएका खत्री लोकप्रिय युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend