साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौ असाेज १२ । पहिलाेपटक ससंद छिरेका मेटमणि चाैधरि मन्त्री वन्ने भएका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ दाङवाट निर्वाचित भएका मेटमणि चाैधरि पर्यटन सस्कृति तथा नागरिक उडयन मन्त्री वन्ने पक्का जस्तै भएकाे हाे । नेकपा एकीकृत समाजवादी पाटीवाट प्रतिनिधि सभामा सांसद रहेका चाैधरिलाई मन्त्री वनाउन पाटीले सिफारिस गरेकाे छ । उनी वुधवार पर्यटन सस्कृति तथा नागरिक उडयन मन्त्री वन्ने उनको सचिवालयले जनाएकाे छ । पाटीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पाटीवाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका लागि सिफारिस गरेको नाममा मेटमणि चाैधरिकाे पनि नाम सिफारिस भएकाे छ । मेटमणिसगै एकीकृत समाजवादी पाटीका तर्फबाट विराेध खतिवडा,रामकुमारी झाक्रि, प्रेम आले र जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाएका छन् । एकीकृत समाजवादी पाटीले ६ मन्त्रालय पाउने भएको छ ।
आफ्नो पाटीवाट सरकारमा विराेध खतिवडाले नेतृत्व गर्ने वताईएकाे छ । सवै मन्त्रीहरुकाे वुधवार सपथ हुने भएको हाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend