साझा नेटवर्क
काठमाडौ १२ असोज
शेरवहादुर बहादुर नेतृत्वको सरकारमा गुल्मेली चेली मन्त्री बन्नेभएकी छन । नेकपा एकीकृत समाजवादी पाटीबाट प्रतिनिधिसभामा सांसद रहेकी रामकुमारी झाक्री मन्त्री बन्ने पक्का भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका रामकुमारी झाक्रीको नाम पनि सिफारिस गरेका छन् । मन्त्री बन्ने पक्का भए पनि कुन मन्त्रालय भने खुलाईएको छैन । झाक्रीसँगी एकीकृत समाजवादी पार्टीका तर्फबाट विरोध खतिवडा,मेटमणि चौधरी, प्रेम आले र जीवनराम श्रेष्ठको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाएका छन् । एकीकृत समाजवादी पाटीले ६ मन्त्रालय पाउने भएको छ । मगंलवार तथा बुधवारसम्ममा मन्त्रीमण्डल विस्तार हुने बताईको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend