logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीका कमल २१ दिनदेखि मलेसियामा सम्पर्क बिहीन, दशैको बेला परिवारमा रुवाबासी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

 

टोपलाल अर्याल
गुल्मी, १२ असोज ।

रोजगारको लागि मलेसिया पुगेका रेसुङ्गा नगरपालिका ७ का ३६ बर्षीय कमल नेपाली सम्पर्क बिहीन भएका छन् । उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमती माया नेपालीले बताइन् । कमल ०६८ सालदेखि मलेसियाको HLRB PROCESSING SDN कम्पनीमा कार्यरत छन् । उनको भदौ २१ गतेसम्म परिवारसँग सम्पर्क भएको थियो ।

भदौ २३ गते साँझ कमलका साथीहरुले परिवारलाई फोन गरे । साथीहरुका अनुसार कमललाई मलेसिया प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण साथीहरुले खुलाएनन् । परिवार झनै अनबिज्ञ छ । ‘परदेशको कुरा पक्राउ परे वा अरु केहि भयो अत्तोपत्तो छैन्,’मायाले रुदै भनिन,’मैले कहाँ गएर गुहार मागौ ।’ कमल पछिल्लो समय ०७६ माघमा मलेसिया गएका थिए । कमललाई खोजि गरिदिन आमा बाटुवा नेपाली र श्रीमती पत्रकारहरु खोज्दै तम्घास आएका छन् ।

मलेसियामा कमलसँगै धुर्कोट गाउँपालिका ६ का धनुष जिसी कोठामा बस्दै आएका थिए । अहिले परिवारले कहिलेकाँही मलेसियाका रहेका जिसीसंग सम्पर्क गर्ने गरेका छन् । चाडपर्व बेला परदेश पसेको आफन्त बेपक्ता भएपछि परिवार शोकमा डुवेको छ । ‘दशैमा सवैको परदेशी घर आउँदा छोराको अत्तोपत्तो छैन,’आमाले गहभरी आँसु बनाउँदै भनिन,‘पत्रकारहरुले न्याय दिनुहोस् । कमलको श्रीमती, एक छोरा एक छोरी रहेका छन् । श्रीमती मायाले १० औ बर्ष एउटै कम्पनीमा बिताएको कमलको बिषयमा कम्पनीले समते परिवारलाई कुनै जानकारी नदिएको गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend