साझा नेटवर्क
टोपलाल अर्याल, १२असोज ।
गुल्मी अस्पताल तम्घासले बार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ । कार्यक्रममा गुल्मी अस्पताले आर्थिक बर्ष ०७७-०७८ मा सम्पादन गरेका प्रगतिहरु विवरण पेश भएको थियो । मुख्यतया अस्पतालमा गत बषदेखि आँखा रोग सेवा, मुख तथा दन्तरोग सेवा विस्तार र नाक कान घांँटीको उपचार विस्तार भएको छ । भने फिजियोथेरापी सेवा स्थापना तथा संचालन र निशुल्क दमजन्य रोगको उपचार सेवा बिस्तार गरिएको छ ।
त्यस्तै High Dependency Unit को स्थापना तथा संचालन, कोभिड १९ प्रयोगशालाको आधुनिकिरण, क्लिया मेसिन, थाइरोइड तथा हर्मोको जांच, ट्युमर मार्कर परीक्षण, मधुमेह विरामीको लागि D-dimer , सिकिस्त विरामीको लागि म्(मष्mभच टेस्ट काम पनि सुरु भएको गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । २४ सै घण्टा एक्सरे सेवा, मोबाइल एक्सरे, अक्सिजन प्लाण्ट आइसियु, एचडियु निर्माणको काम अन्तिम चरणमा पुगेको अपरेसन कक्षमा आधुनिकरण, चिकित्सकको लागि ९ कोठे भवन निर्माण, अस्पतालको भवन निर्माण शुरु गरिएको छ ।
हेल्थ फाउन्डेसन नेपालसंग समन्वय गरेर रेसुंगा नगरपालिकाको वार्ड न. १,२,३,७,८,९ वृहत एन्टिजन टेस्ट गरिएको पच्याले बताए । उनले कार्यक्रममा कोभिड १९ को बेला अस्पताललाई प्राप्त भएका स्वास्थ्य सामग्री र सहयोगको बारेमा जानकारी गराएका थिए । अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयको अध्यक्षता रहेको कार्यक्रमको संचालन गुल्मी अस्पतालका खिम बहादुर ज्ञवालीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend