साझा नेटवर्क
यमलाल भुसाल, बुटवल असोज ११ ।
कोभिड १९ले पारेको प्रभावका सवालमा सरकार जिम्मेवार हुन नसकेको र यसका कारण व्यवसायीहरुको पेशा व्यवसाय धरासायी भएको बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन ।
४२ औ विश्व पर्यटन दिवशका अवसरमा सोमवार बुटवलमा होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देही सिद्धार्थनगर होटल संगठन र लुम्बिनी होटल संघको सम्युक्त रुपमा आयोजित कोभिड ले पर्यटन व्यवसायमा पारेको प्रभाव र पुनरुत्थान विषयक कार्यक्रममा वोल्नेहरुले कोभिडले पर्यटन व्यवसाय थला पारेको तर सरकार जिम्मेवार हुन नसकेको गुनासो राखेका छन ।
लुम्बिनी प्रदेश सभाका सदस्य भोज प्रसाद श्रेष्ठले नागरिक समाज र पेशा व्यवसायगत संघसंस्थाहरु राजनिती भन्दा वर्गीय र विषयगत रुपमा संगठित हुन जरुरी रहेको बताउनु भयो । सरकार फेरबदल गर्ने हैसियत नागरिक समाजले राख्ने भएकाले दलिय स्वार्थवाट अलग भएर राज्यसंग राहातका लागि सामुहिक पहल गर्न उहाँले सुझाव दिनु भयो ।
सरकारले कोभिडवाट प्रभावितलाई दिने भनेको राहात कार्यक्रम पहुचका आधारमा प्रदान गर्ने गरिएको आरोप समेत व्यवसायीले लगाएका छन ।कोभिड १९ ले विशेष गरि पर्यटन, होटल, यातायात लगायतको क्षेत्रमा बढी प्रभावित पारेको र यस पेशामा लागेका हरुको अवस्था दयनिय भएको भन्दै राज्यले राहात प्रदान गर्न व्यवसायीले माग गरेका छन ।
वक्ताहरुले राज्य पक्ष कोभिडले पारेको प्रभावमा जिम्मेवारी बहन गर्न चुकेको धारणा बरु व्याज तिर्न का लागि पन कर्जा लिनु परेकोले पुजिगत नोक्शानी निम्तीएको बताएका छन ।
कोभिडले पारेको प्रभावको राहातका लागि प्रभावितहरु संगठित भएर एकै स्वरमा आवाज बुलन्द गर्न जरुरीरहेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले बताउनु भयो । सरकार जिम्मेवार नहुदाँ व्यवसायीहरु थप पीडित भएको समेत उहाँले औल्याउनु भयो ।
पहुचका आधारमा वजेट तजुमा गर्ने र पहुच भएकालेमात्र राज्यका सुविधा लिन सक्ने परिपार्टीको अन्त्य नहुदासम्म व्यवसायीले राहात प्राप्त गर्न नसक्ने होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले औल्याउनु भयो ।
कार्यक्रम वोल्ने व्यवसायीहरुले पर्यटनलाई राज्यको प्रमुख आम्दानीको आधार वनाएर व्यवसायीहरुले प्याकेज घोषणा गरि आन्त्तरिक पर्यटकलाई आकर्षक गर्ने कार्यक्रम ल्याउन माग गरेको संघका अध्यक्ष राम प्रसाद गौतमले औल्याउनु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सहकोषाध्यक्ष मोदनाथ वेल्वासे प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका निर्वमान अध्यक्ष समुन्द्र जिसी बुटवलका संघसंस्थाका प्रमुखहरु कार्यक्रमका संयोजक वाबुराम गौतम महासचिव माधव कुमार खनाल सिद्धार्थनगर होटल संगठनका पिताम्वर न्यौपाने लुम्बिनी होटल संघका लिलामणी शर्मा लगायतले व्यवसायीलेभोग्नु परेका समस्याका वारेमा प्रकाश पारेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend