साझा नेटवर्क
गुल्मी, असोज १० ।
स्वास्थ्य कार्यालय गुल्मीको आयोजना र सुआहारा दोश्रो कार्यक्रमको प्राविधिक सहयोगमा पोषण प्रशिक्षक तालिम सुरु भएको छ । तम्घासमा संचालित एकहप्ते बृहत पोषण विशेष तालिमको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले उद्घाटन गरे । तालिमलाई सम्बोधन गर्दै पौडेलले सात दिने प्रशिक्षणले स्थानीय तहको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिमुलक प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
आफुले सिकेका कुरा व्यावहारमा पनि देखाउन सके मात्रै तालिम उदेश्य पूरा हुने पौडेलले बताए । तालिममा जिल्लाका २ नगरपालिका र १० गाउँपालिकाबाट स्वास्थ्य शाखा संयोजक, सह संयोजक र स्वास्थ्यकर्मी सहित प्रत्येक पालिकाहरुबाट २/२ जना गरि २४ जनाले भाग लिएका छन ।
तालिममा राष्ट्रिय पोषण नीति तथा रणनीति, राष्ट्रिय पोषण कार्यक्रम, बहु क्षेत्रीय पोषण योजना, पोषण र यसको महत्व र आवश्यकता, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व,किशोरावस्थाको पोषण, वृद्धि अनुगमन र यसको महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालिन पोषण बीचको सम्बन्ध, शीघ्र कुपोषणको एकिकृत, व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी प्रदान गरिने एकीकृत ग्रामीण विकास समाज गुल्मीका कार्यकारी निर्देशक कृष्ण बिश्वकर्माले जानकारी दिए ।
त्यस्तै खाना रुचि जाँच र बहिरंग वा विशेष उपचार कक्षमा उपचारको लागि निर्णय प्रणालीबद्ध औषधिवाट उपचार, गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, समुदाय परिचालन, सामूदायक सचेतिकरण, केस परिचालन र प्रेषण संयन्त्र, सामुदायिक स्वास्थ्य सेवाहरुमा मातृ, शिशु तथा बाल्यकालीन पोषणको समायोजन र आपतकालीन अवस्थामा पोषण, सामाजिक व्यवहार परिवर्तन सञ्चार, प्रभावकारी अन्तरव्यक्ति संचारका लागि परामर्शका चरणहरुका बिषयमा प्रशिक्षण हुने निर्देशक बिश्वकर्माले बताए ।
जिल्लामा लामो समयदेखि सुआहाराले स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको छ । जिल्ला स्थित सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वयंसेबिकाहरुलाई सुआहाराले स्वास्थ्यका विभिन्न क्षेत्रमा प्रशिक्षण प्रदान गर्दै आएको छ । अहिले संचालन हुने तालिमले स्थानीय तहमा पोषणको बुझाइ, नीति र कार्यक्रममा एकरुपता ल्याउन सहयोग पुग्ने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले बताए ।
साथै पोषण मैत्री वडा र पालिका घोषणा गर्न समेत तालिमले टेवा पुराउने आचार्यको भनाइ छ । तालिम अवधिभर प्रशिक्षक बालमुकुन्द यादब, बिनोद पोख्रेल, डा उत्तम पच्या, पशुपति आचार्य, ज्ञानदिप आचार्य, लिल बहादुर नेपाली, बिजेन्द्र बन्जाडे र राजेन्द्र बिकले प्रशिक्षण दिनेछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend