साझा नेटवर्क
भोला थापा क्षेत्री ।
तनहुँको भानु नपामा नेकाको सभापतिमा पौडेल प्यानल बिजयी भएका छन । नेका पौडेल प्यानलका नेपाली कांग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठको सिङ्गो टिम बिजयी भएको हो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको भानु नगरपालिका कार्यसमितिको निर्वाचनमा श्रेष्ठ १३९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा राम कुमार श्रेष्ठ र नवीन राज दाहालको बीचमा प्रतिस्पर्धा भएको थियो । अर्का उम्मेदवार नवीन राज दाहालले १२५ मत ल्याएका थिए । यसै बीच उपसभापति पदमा राजन श्रेष्ठले १५३ मत र उर्मिला पन्तले १४१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उपसभापतिमा अन्य दुईजना राम ब.घर्ती ७२ र लक्ष्मी श्री राज भण्डारी ११८ मत ल्याएका थिए । सचिवमा दिपेन्द्र अधिकारी १२६ मत र सिताराम बानियाँ १३६ मत ,सह सचिवमा नवीन रानाभाट १२६ मत र सुदिप केसी १५७ मत ल्याएर निर्वाचित भएका छन् । भने अन्य सबै पदहरुमा भने सर्वसम्मत भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend