logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिका गुल्मीको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

 

गुल्मी, १० असोज ।

रेसुङ्गा नगरपालिका गुल्मीको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगर प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा सम्पन्न उक्त समिक्षा कार्यmक्रममा विभिन्न विषयगत शाखाहरुबाट भएगरेका वार्षिक कार्यक्रमको प्रस्तुति सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो ।

नगर कार्यपालिकाका सम्पुर्ण सदस्यहरु र कार्यालयका विषयगत शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न उक्त समिक्षा बैठकले अनुगमन प्रणालीलाई चुस्त र दुरुस्त बनाउँदै लैजाने, मागमा आधारित कार्यक्रमलाई प्रभावकारी बनाउने, सूचनाको हक तथा सुशासनको प्रत्याभूति दिन कार्यालयबाट गरिने समग्र कार्यको सूचना संप्रेषणलाई अझ प्रभावकारी बनाउने, सेवा प्रवाहलाई चुस्त दुरुस्त तथा प्रभावकारी गराउन आवश्यक जनशक्ति तत् तत् क्षेत्रमा परिचालन गर्ने निचोड एवम् निश्कर्ष निकालेको थियो ।
रेसुङ्गा नगरपालिकाका विषयगत शाखा कृषि,पशु, स्वास्थ्य, शिक्षा, महिला विकास आदि लगायतका शाखाहरुको कार्यप्रगति सन्तोष जनक रहेको नगर प्रमुख डिल्लीराज भुसालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend