साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु असोज ९ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं कपिलवस्तु को १८ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथि अखिल छैठौं केन्द्रीय उपाध्यक्ष देवन्द्र कुवरले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुुवरले राष्ट्रघाति MCC बिरुद्ध सबै बिद्यार्थीहरु एकजुट भएर सडकमा उत्रने बेला आएको बनाउनु भएको थियो ।
शैक्षिक निजीकरण, ब्यापारीकरणका बिरुद्ध बिद्यार्थीहरुले आवाज बुलन्द गर्नु पर्ने आवश्यकता रहेको उहाले बताउनु भयो । उहाँले अब देशमा जरो गाडेर बसे रुढीबादी प्रथा, अन्धविश्वास जस्ता कुप्रथाको अन्त्य अब बिद्यार्थीहरुबाट नै सम्भव रहेको उहाले बताउनु भयो ।कार्यक्रममा बिशिस्ट अतिथि अखिल छैठौं लुम्बिनी प्रदेश अध्यक्ष सुरेश आचार्य, अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा मसाल जिल्ला प्रबक्ता छबिलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य केरसिंह अदै लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
मन्तव्य राख्ने बत्ताहरुले अब सम्पूर्ण बिद्यार्थीहरु अखिल छैठौंमा आबद्ध भएर बिद्यार्थीहरुको हक अधिकार प्राप्तिका निम्ति लड्नु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नर बहादुर घर्ती, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मन बहादुर नेपाली, जातीय समता समाजका जिल्ला सचिव प्रकाश बराल, अखिल नेपाल महिला संघ जिल्ला सदस्य इस्वरा पुन, रक्तिम सांस्कृतिक अभियानका शिवराज नगर अध्यक्ष बेगम बुढा लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलन ले संजिला बुढा मगरको अध्यक्षतामा ९ पुर्ण र २ बैकल्पिक गरि ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा उषा केवट, सचिवमा टिना अदै, सहसचिवमा बिनोद चौधरी, कोषाध्यक्षमा मिलन उपाध्याय, सदस्यहरुमा अस्मिता आचार्य, भारती भण्डारी, माधवि खड्का सरोज रोका र बैकल्पिक सदस्यमा नवीन बुढा, सुस्मिता बिक चयन हुनुभएको छ ।
त्यस्तै सम्मेलनले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरको छ । जसमा रिसव आचार्य, निशान रजालि र किरण खत्री रहनु भएको छ । नव निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चाका कपिलवस्तु जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले बधाई तथा शुभकामना दिनु भएको थियो ।
नव निर्वाचित समितिलाई प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुवंरले सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित समितिको तर्फबाट नवनिर्वाचित अध्यक्ष संजिला बुढाले प्रतिबद्धता जाहेर गर्नु भएको थियोे । सम्मेलनले राजनीतिक तथा सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिवेदन पास गरेको छ ।
संजिला बुढाको स्वागत मन्तब्य र जिल्ला अध्यक्ष रिसव आचार्यको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सन्चालन टिना अदैले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सास्कृतिक अभियान का कलाकार हरुको प्रस्तुति समेत रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend