logo
  • आइतबार, असोज ११ २०८३

जन्मदिनमा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, असोज  ७ ।
जन्मदिनको अवसरमा एकजना स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सदरमुकाम तम्घास उदिनढुङ्गास्थित राम मेडिकल हलका संचालक एवम् गुल्मी अस्पतालका ल्याब टेक्निसियन नमराज मरासिनीले उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुलाई विभिन्न समग्री वितरण गरेका हुन् ।
कुल २४ जना विद्यार्थीहरुलाई कापि, कलम, माक्स, फस्टेट बक्स, दिवा खाजा, सेनिटाइजर लगायतका शैक्षिक एवम् स्वास्थ्य सामग्री प्रदान गरेको मरासिनीले जानकारी दिए । जन्मदिनको अवसरमा फजुल खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरेको मरासिनीको भनाई छ ।

आफुसँग बढी रकम भएर नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग गरेको उनले बताए । समग्री पाएपछि विद्यार्थीहरु खुसि भएका छन् भने विद्यालयले पनि सहयोग गर्ने मरासिनीलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend