logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा सामुदायिक विद्युतिकरण आवर्ति कोष परिचालन सम्बन्धि अन्तरक्रिया


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असोज ०६।
गुल्मीमा सामुदायिक विद्युति करण तथा आवर्ति कोष परिचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा गुल्मीमा रहेका सामुदायिक विद्युतिकरण संस्थासँग अन्तरक्रिया गरिएको हो।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नारायण ज्ञवालीले सामुदायिक विद्युतिकरण गाउँगाउँमा पुगेको बताएका छन् । गुल्मी जिल्लालाई उज्यालो जिल्ला बनाउन सफल भएको उनले बताए । विद्युत महशुलको कुरामा महशुल मात्र तिरे मात्र पुग्ने भएकोले अहिले तोकिएको महशुल दर ठिक भएको उनले बताएका थिए । देशभर साढे ५ लाख जनता सामुदायिक विद्युत प्रयोग गरेको उनले बताए ।

१ सय ८१ लोड सेन्टर गुल्मीमा रहेका छन् ।

कर्मचारी गाउँगाउँमा राखेर छिटोछरितो सेवा पाउनुपर्नेमा आफुहरु लागि परेको बताए । सामुदायिक विद्युत् हरुलाई सहकारीमा रुपान्तरण गरेर बिकास गर्न थालिएको उनले बताए । सम्भव भएसम्म कम्तीमा १ हजार ग्राहक समेटर सहकारी निर्माण गर्दा विद्युतको विकास हुने ज्ञवालीको भनाइ रहेको थियो । गुल्मीमा २२ वटा सामुदायिक संस्थाबाट काठको पोल विस्थापित गर्न सफल भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend