logo
  • शुक्रबार, साउन ८ २०८३

शोकमा गुल्मी तम्घासका पसल व्यवसाय बन्द


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी असोज ०६।
गुल्मीमा मंलवार राती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधवार दिउँसो १ बजेबाट तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीमा महासचिव ताराप्रसाद भुसालले बताए।

तिलक परियारले तम्घास बजारमा टेलरिङ्ग व्यसाय गर्दै आएका छन् । मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएर मृत्यु भएको थियो । पहिरोमा अरु ३ जना सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend