logo
  • आइतबार, असोज ११ २०८३

पहिरो पिडित परिवारलाई रेसुङ्गा नगरप्रमुखबाट ३० हजार सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,  गुल्मी असोज ६।
गुल्मी तम्घासका पहिरो पिडित परिवारलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ३० हजार आर्थिक सहयोग गरेका छन् ।

मंगलवार राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको थियो ।रेसुङ्गा नगरपालिकाका नगरप्रमुख भुसालले पहिरो पिडित तिलक परियारलाई राहत स्वरुप उक्त रकम हस्तातरण गरेका हुन् । राहत रकम हस्तारतण गर्दै नगरप्रमुख भुसालले यस दुखद घडिमा नगरपालिका साथमा रहेको बताए ।

उनले थप राहतको लागि पनि पहल गर्ने बताए । मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो ।एकतले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएर मृत्यु भएको थियो । पहिरोमा अरु ३ जना सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend