logo
  • आइतबार, असोज ११ २०८३

अनेमंघ (क्रान्तिकारी) द्धारा प्रशासन र सबै पालिकामा ज्ञापन पत्र प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असौज ०५ ।
नेकपा माओवादी केन्द्रनिकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्लाका सबै पालिकामा ज्ञापन पत्र बुझाएको छ । महिला अधिकारका बिषयमा विभिन्न माग राख्दै अनेमसंघ (क्रान्तिकारी) ले ज्ञापन पत्र बुझाएको हो ।
स्वास्थ्य र शिक्षण संस्थाको निश्चित दुरी वरीपरि धुम्रपान, मध्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, विद्यालयका किशोरीहरुलाई आराम शौचालयको व्यवस्था एवम् निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्नुपर्ने, जिल्लाभित्र रहेका माध्यमिक विद्यालयमा एकजना स्टाफ नर्सको व्यवस्था गर्नुपर्ने माग अनेमसंघ (क्रान्तिकारी) ले राखेको संगठनका जिल्ला अध्यक्ष बिनिता रोका पोखरेलले जानकारी दिइन् ।

त्यस्तै आमाको नामबाट सहजा रुपले नागरिकता प्राप्त गर्नुपर्ने, पैत्रिक सम्पत्तिमा समान हक हुनुपर्ने, १० प्रतिशत लैङ्गिक उत्तरदायि बजेटको व्यवस्था गरी सीपमुलक तालिम संचालन गर्नुपर्ने, जिल्लाका सबै पालिका महिला हिंसा मुक्त घोषणाा गर्नुपर्ने, सबै स्थानीय तहमा सुरक्षित गृहको निर्माण गर्नुपर्ने, हिंसा पीडित महिलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था गर्नुपर्ने र छोरीको लागि बैंक खाता र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राखेको अध्यक्ष रोका पोखरेलले जानकारी दिइन् ।

अनेमसंघ (क्रान्तिकारी) ले सोमबार देशैभर ज्ञापन बुझाउने कार्यक्रमअन्तरगत गुल्मीमा पनि ज्ञापन पत्र बुझाइएको पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend