logo
  • आइतबार, असोज ११ २०८३

सुनवलमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव, सुनवल असोज ३।
योङ्ग गोर्खालिज क्लब सुनवल -१२ भुमहीले संविधान दिवस दिप प्रज्वलन गरी मनाएको छ । नेपालको संविधान जारी भएको ७ औं बर्षको अबसरमा योङ्ग गोर्खालिज क्लबले पश्चिम् नवलपरासीको भुमही चोकमा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।
योङ्ग गोर्खालिज क्लबका अध्यक्ष टपन कुमार केवटको अध्यक्षता,तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यमलाल पाण्डेयको प्रमुख आतिथ्यतामा संविधान दिवस मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पाण्डेयले संविधान दिवस नेपालि जनताले चाहे जस्तै बनेकोमा खुसी व्यक्त गर्दै सम्पुर्ण देशवासी लाई संविधान दिवसको शुभकामना दिनु भएको योङ्ग गोर्खालिज क्लबका सचिव मनिषा सुनार ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend