साझा नेटवर्क
गुल्मी, असोज ३ ।
मदाने गाउँपालिकामा नेकपा माओवादी केन्द्रनिकट युवाहरुको संगठन वाइसिएल र विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को गठन गरिएको छ । शनिबार वडा नम्बर ४ म्यालपोखरीमा सम्पन्न भेलाले खिम बहादुर केसीको अध्यक्षमा ५१ सदस्यिय वाइसिएलको गठन गरेको हो ।
जसको उपाध्यक्षमा लालमणी भुषाल, समशेर कुँवर र सुवास केसी, सचिवमा कमिल केसी, सह–सचिवमा कृष्ण सेन र प्रकाश तथा कोषाध्यक्षमा खिमा केसी लगायत अन्य सदस्य रहेका छन् । भेलाले शिशिर भण्डारीको संयोजकत्वमा ४१ सदस्यिय अनेरास्ववियू (क्रान्तिकारी) मदाने गाउँ कमिटीको गठन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले पार्टीका पछिल्ला गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । त्यसका साथै उनले गाउँपालिकाले गरेका अनियमितताको बिषयमा नागरिकलाई सचेतना फैलाउने, आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने लगायतका बिषयमा पार्टीको धारणा राखेका थिए ।
नेता जिसीले केपी ओलीले बाम एकतालाई रहन नदिएकोले सबैले बाम एकतालाई पहल गर्नुपर्ने पनि धारणा राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मदाने गाउँपालिकाका इन्चार्ज वेगम चन्दको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तैवाइसिएल नेपालका केन्द्रिय सदस्य नारायण चन्द, जिल्ला संयोजक अशोक श्रेष्ठ लगायतको उपस्थिति रहेको अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला संयोजक भरत चन्दले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend