साझा नेटवर्क
शिव सुवेदी, वुटवल असाेज ३ ।
नेकपा एकीकृत समाजवादी पाटि गुल्मी रुपन्देही सम्पर्क मञ्चकाे तयारी वैठक सम्पन्न भएको छ । २ दिन अगाडि मात्रै लुम्बिनी प्रदेश कमिटीको भेलाले जिल्ला अध्यक्ष श्रीराम महत र जिल्ला ईन्चार्ज हिमाल थापालाई जिम्मेवारी दिएपछिकाे पहिलाे कार्यक्रम गुल्मी रुपन्देही सम्पर्ककाे तयारी वैठक वसेकाे हाे ।
तयारी वैठकले अर्जुन थापा सयाेजक,रामु टण्डन सह सयाेजक, वामदेव भण्डारी सचिव रहेकाे ३५ सदस्यीय गुल्मी रुपन्देही सम्पर्क मञ्च भेला आयाेजक कमिटी समेत गठन गरेकाे छ । वैठकलाई सम्वाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले अरुका लागि राजनीति गर्ने दिनको अन्त्य भएको वताउनुभयाे ।
उहाले गुल्मिमा प्रदिप ज्ञवाली,गाेकर्ण विष्टको विकल्पमा श्रीराम महत र हिमाल थापा जस्ता सयाै युवाहरु तयार भएको दावि समेत गर्नुभयाे । नेता गुरुङले पाटिकाे आन्दोलनमा जाेडिएका नेता कार्यकर्ताहरुकाे समस्यामा पाटि र आफु सङै रहने वताउनुभयाे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी गुल्मी ईन्चार्ज हिमाल थापा,रुपन्देही जिल्ला कमिटी सदस्य मदन विष्ट लगायतका नेताहरुले आफ्ना भनाई राख्नुभएको थियाे ।
साथै वैठकले छिट्टै जिल्ला कमिटी गठन र भेला गर्ने निणर्य समेत गरेको छ । भेला गुल्मी कमिटिका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा वुटवलमा सम्पन्न भएको हाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend