logo
  • शनिबार, साउन ९ २०८३

भारतमा श्रीमानको मुत्यु भएपछि परिवारको बिचल्ली, सहयोग गरिदीन आग्रह


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

prempaudel

मृतक : प्रेम पौडेल

कुमार “अविरल” पन्थी,  कतार भदौ  २८ ।
नेपालीहरुका महान पर्व दशैँ तिहार नजिकिदै छ्न । सबैले हाँसी खुसी मिठो मसिनो खाएर आफ्नो क्षमता अनुसार परिवार सँगै बसेर चाडपर्व मनाउने गर्छन र यसरी नै मनाउन सबैलाई मन पनि लाग्छ । हुने खानेहरु धुमधामका साथ मनाउछन तर जस्को घरमा बिहान खाए बेलुका के खाने भन्ने पिरलो हुन्छ उनिहरुले चाँही कसरी मनाउलान ?

घामपानी सम्म नछेक्ने एउटा झुपडीमा बसेर दिन बिताउनेहरुको पिडा कस्तो होला र अझ अहिले त चाडपर्व मनाउने नाममा पनि प्रतिस्पर्दा छ ।  छोरा छोरीको चित्त बुझाई आफु पनि सकेसम्म समाजमा राम्रै गरेर बस्न कसलाई मन हुदैन र ? एउटा गरिब परिवार, जहाँ १ छोरा ३ छोरी र श्रीमती ५ जना सदस्य जो बिहान साझँ हातमुख जोर्न श्रीमानको भर पर्नुपर्छ । अनि त्यही श्रीमानको काम गर्ने क्रममा प्रदेशमै मुत्यु हुन्छ त्यो पनि अधबैसे उमेरमा ।

यस्तै बनाएको छ नियतीले गुल्मीकी एक ३६ वर्षीय  महिलालाई । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को बिकट ठाँउ हराचौर गा.बि.स.को झार खर्कमा दुख सुःख गरी बस्दै आएकि ३६ बषिर्य राधिका पौडेलको घरमा नियतीले यस्तै पारेको छ । खाउ-खाउ लाऊ-लाउ भन्ने उमेरमा सिन्दुर पुछिएको छ ।  रोजगारीको शिलशिलामा भारतमा रहेका उनका श्रीमानको गत पुसमा अकस्मात ४२ बर्षको उमेरमा निधन भएपछि परिवारको यतिबेला बिचल्ली भएको छ ।

३ छोरी र १ छोरा सन्तान रहेका उनका जेठी र माईली  छोरीको भने सानै उमेरमा विहे भइ सकेको छ । १२ वर्षिय १ छोरी र ८ वर्षिय छोराको साथमा उनले एक्लो जिवन कटाए रहेकी छिन । राधिका भन्छिन छोरा छोरी साना र आफ्नो कमाई केही छैन, घर धान्न गार्हो  भएपछी  धन कमाउन परदेशिएका श्रीमानको पनि परदेशमै अकालमा मुत्यु भयो ।

अहिले  बिहान बेलुका छाक टार्न समेत मुस्किल भैरहेको छ, छोरा छोरी साना छन यिनलाई  राम्रो शिक्षा दिक्षा दिन सक्ने आफ्नो अवस्था नरहेको भन्दै बिचल्लीमा परेको बताईन । गुल्मी जिल्लाकै तुराङ गाविस वडा नम्बर ९ किसिकोटमा माइती भएको बताउने उनले आफु जेठी छोरी रहेको र माईतीमा पनि दुख छ ।  उनले रुदै भनिन अब म कसको शरणमा जाउ ।

उनि भन्छिन श्रीमानलाई खासै त्यस्तो ठुलो रोग केही थिएन तर उहाँले मलाई सायद लुकाउनु भयो होला, पछि एक्कासी बिरामी पर्नुभयो । भारतमा उपचार गर्दा छातीमा दाग देखियो अप्रेशन गर्नुपर्ने भयो, केही दिनपछि उहाँको अप्रेशन पनि राम्रै भयो तर अप्रेशन भएको ५ दिनपछि एक्कासी बेहोश हुनु भएको उहा अस्पताल लैजादै गर्दा बाटो मै यस संसारबाट बिदा लिनुभयो । श्रीमानको मृत्युको खबरले छागाबाट खसे जस्तै भए एक्कासी बेहोस भए त्यसपछि के-के भयो मलाई थाहा भएन ।

सपना जस्तो लाग्छ श्रीमानको मृत्यु तर परेपछि सबै भोग्नु पर्ने रहेछ । साथमा ख्याल गर्ने मान्छे कोहि नभएर पनि होला मलाई त शँका लाग्छ मेरो श्रीमानको कतै हत्या त भएन उनले आशँका गरिन । लामो समयदेखि भारतमा काम गदै आएका प्रेम पौडलको गत पुस १४ गते भारतको सक्कपुरमा ४२ बर्षको उमेरमा निधन भएको हो ।

उनको मुत्य भएपछि न्यायका लागि भारतसम्म पुगेकी राधिकालाई श्रीमानले काम गर्ने कम्पनीले केही आर्थिक सहयोग गर्ने र छोरा छोरी पढाई दिने भन्दै फर्काई दियो तर राधिकाले अहिले सम्म एक रुपैयाँ नपाएको गुनासो गरिन ।

यसै समाचार दाताले समाचार बनाई सहयोगका लागि पहल गरिदिन्छौ भन्दा समेत उनले अस्विकार गरेकी थिईन । उनि भन्छिन आज सम्म कसैको मागेर खानु परेको थिएन तर आफ्नो आर्थिक अवस्था कम्जोर हुदा निर्यही हात थाम्न बाध्य छु  । घर व्यवहार चलाउन समेत निकै कठिन भएको उनले बताईन ।

उनका आठ बर्षिय छोरा कृष्णले पनि रुदै भने मलाई धेरै पढ्न मन छ । पढेर ठुलो मान्छे बनेर गरिब दुखीको सहयोग गर्ने रहर छ । तर हामी सँग पैसा नभएपछि पढ्न नपाएको बताउदै सबैसँग सहयोगको लागि आग्रह गरे । उता १२ वर्षिया छोरी पुष्पाले पनि आँशु झार्दै बाबा नहुदा धेरै गाह्रो भएको बताइन ।

हामीले पनि यो परिवारको केही सहयोग गर्न सकिन्छ की भनेर यो समाचार तयार पारेका हौ । सहयोग गर्न चाहानु हुने महानुभावहरुले निम्न विवरणमा सम्पर्क गर्न सक्नु हुनेछ।


अनिल खत्री : पत्रकार गुल्मी
सम्पर्क न. +९७७ ९८४७१०४४३४ 

राधिका पौडेल : पिडित
सम्पर्क न. +९७७ ९८६०३९१३४५

बैंकको खाता न. : 

कुमार अविरल : संचारकर्मी गुल्मी
हाल कतार – सम्पर्क न. +९७४ ६६८१४१९६
इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend