साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज असोज २ ।
युवा संघ नेपाल, पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न भएको छ । बिरगंजको होटेल हिमालमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थपाले एमाले एकजना म-म भन्ने र उनको पछि बा-बा भन्दै चाकरी गर्नेहरुको पार्टीको रुपमा रुपान्तरण भएपछि बिद्रोह गर्दै नेकपा एकीकृत समाजबादी निर्माण भएको बताउनु भयो ।
अध्यक्ष थापाले एमाले पार्टी पुजीवादीहरुको नियन्त्रणमा गइसकेको हुनाले त्यस पार्टी बाट समाजबादी क्रान्ति सम्भव नरहेकोले सम्पुर्ण क्रान्तिकारीहरुलाइ एकीकृत समाजबादी पार्टीमा गोल्बन्द हुन अहवान समेत गरे ।
युवा संघ नेपाल, पर्साका अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजबादी पार्टीका बिरगंज माहानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका सचीव अरुण यदाव, प्रदेश न.२ का अध्यक्ष अर्जुन सिंह, एकीकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत मन्तब्य युवा संघ बिरगंज माहानगर कमिटीका उमेश ठाकुर र संचालन सह-सचिव अकाश पटेलले गरेका थिए । बिस्तारित बैठकबाट विभिन्न स्थानीय तहहरुको कर्य विभाजन गरि सकिने युवा संघ नेपालका सचिवालय सदस्य बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend