logo
  • आइतबार, असोज ११ २०८३

मदाने गाउँपालिका १ अग्लुंगको सभापतिमा चन्द निर्विरोध निर्वाचित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,गुल्मी भाद्र २२ ।

मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गमा नेपाली काँग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गमा आज भएको वडा अधिवेशन बाट सुशील चन्दको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ वडा कार्यसमिति गठन भएको हो । सभापतिमा सुशील चन्द चयन भएका छन् भने उपसभापतिमा पुर्ण केसी, सचिबमा राम सागर चन्द , सह सचिबमा र दीपा भण्डारी र यम बहादुर चन्द ,कोषध्यक्षमा डिलमाया अर्याल ( बिष्ट ) निर्वाचित भएका छन् । निर्वाचित काँग्रेस वडा सभापति चन्दले वडाभित्र सबैलाई मिलाएर अगाडि बढ्ने बताए । मदाने गाउँपालिका वडा न १ अग्लुङ्गमा नेपाली काङ्ग्रेस पछाडी रहेको र आउदो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई वडामा जिताएरै छाड्ने प्रतिबद्धता निर्वाचित वडा सभापति चन्दले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend