logo
  • शुक्रबार, असोज ९ २०८३

ईस्मा गाउँपालिकाको ३ र ५ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

किरण अधिकारी, गुल्मी  भदौ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत इस्मा गाउँपालिका वार्ड नं ३ र ५ दर्लामचौर र रजस्थलमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा नं ३मा सर्बसम्मत सभापतिमा केशवराज कुवंरलाई चयन गरिएको छ । त्यस्तै वडा नं ५ मा रामलाल अर्याललाई चयन गरिएको छ ।
वडा नं ३ सभापतित्वमा केशव कुवंर सहित २५ जना प्रजातान्त्रिक क्रियाशील कार्यसमिति गठन गरिएको छ । वडा नं ५ रामलाल अर्यालको सभापतित्वमा २६ जना वडा प्रतिनिधि गठन गरिएकोे । तरूण दल क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्यालले जानकारी दिनुभएको थियो । साथै वडा नं ३ सोभाखर घर्तीको अध्यक्षतामा नेपाली कांग्रेसको भात्री संगठन तरूण दल ५१ कार्यसमिति सदस्य समेत गठन गरिएको नेपाली कांग्रेसका नव निर्वाचित सभापति केशवराज कुवंरले जानकारी दिनुभएको थियो ।
वडा नं ३ मा सोभाखर घर्तीको नेतृत्वमा गोर बहादुर मुखिया (नारीकोटे) लगायत १५ जना र वडा नं ५ रजस्थल मा रामबहादुर महतारा, राम बहादुर पछाई सहित एकदर्जन भन्दा बढी एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको प्रमुख अतिथि भगत सिंह खड्काले जानकारी दिनुभएको थियो ।
नेकपा एमाले भित्र भैरहेको चरम राजनीतिक बेथिति स्थानीय सरकारले गर्दै आएको व्यापक भष्ट्राचार अनियमितता इस्मा गाउँपालिकामा हुने हरेक विकास निर्माणका कार्यहरूमा आफ्ना मान्छेहरूलाई मात्र पोस्ने काम भएको हुँदा काँग्रेसमा प्रवेश गर्नेहरूले बताएका छन ।
उनीहरुले यहाँका जनप्रतिनिधिले राजनीतिक आग्रह पूर्वाग्रह राखेको आरोप लगाएका छन् । गाउँपालिकामा हुने हरेक क्रियाकलापमा गरीब, दीन दुःखीहरूलाई उपेक्षामा राखेर काम गरेको र इस्माका जनप्रतिनिधिहरुले आफ्ना आसेपासे र नातेदारहरुलाई मात्र प्राथमिकता दिएको आरोप लगाएका छन ।

जनप्रतिनिधि हरुका गतिविधिहरु प्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेस पार्टी अगाँलेको बिपीको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेकाहरूले बताएका छन् भने वडा नं ५ को कार्यक्रमको प्रमुख अतिथि भगत सिंह खड्का विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य नारायण रिजाल र तरुण दल क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्याल लगायत अन्य अतिथिहरुको रहेको थियो । कार्यक्रम भब्यरुपमा सम्पन्न भएको नेपाली कांग्रेस ईस्मा गाउँपालिका वडा नं ३ र ५ ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend