साझा नेटवर्क
कुसुम नेपाली, गुल्मी भदौ १८ ।
उपल्लो तम्घास माध्यमिक विद्यालय रे न पा १०, उपल्लो तम्घास गुल्मीमा हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । रेसुंगाा बहुमुखि क्याम्पस तम्घासबाट अभ्यास शिक्षणका लागि खटिएका बि.एड. तेस्रो वर्ष शिक्षा शास्त्र सकांयमा अध्ययनरत विद्यार्थी शिक्षकहरुको आयोजनामा भएको उक्त प्रतियोगितामा धौलागिरी सदन प्रथम, कञ्चनजंघा सदन द्धितिय,सगरमाथा सदन तृतिय र मकालु सदन सान्तवना भएका थिए ।
कार्यक्रमका प्रमुख आतिथि विद्यालयका प्र.अ. राममणि पन्थी, विद्यार्थी शिक्षक लालमणि थापा, अनिता नेपाली, युवा पन्थी, सरस्वती लम्साल, जिवन थापा, अभिषेक बस्नेत, लक्ष्मी पन्थी, बबिता घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो । विद्यार्थी शिक्षक विनोद खड्काको अध्यक्षता, विद्यालयका प्र.अ.राममणि पन्थीको प्रमुख आतिथ्यता,शिक्षक राम बहादुुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थी शिक्षक असिम कुँवरले प्रतियोगिताका नियम जानकारी गराउनु भएको थियो । विमला घिमिरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी शिक्षक कुसुम नेपालीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend