साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २०।
दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा ७ दिने ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना र स्वास्थ्य सामाग्री समेत वितरण गरिएको हो ।
नेपाल स्काउट लुम्बिनी संघ तदर्थ समितिको सहयोगमा र जिल्ला ट्राफिक कार्यालय गुल्मीको समन्वयमा जिल्लामा ७ दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी बिभिन्न चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारणलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।
७ दिने ट्राफिक सचेतना मुलक कार्यक्रम अन्र्तगत जिल्ला सदरमुकाम तम्घासे इन्द्रेगौडा, श्रृङ्गा, छल्दी, पूर्कोटदहमा कार्यक्रम गरिएको थियो । सचेतना मुलक कार्यक्रमको सदरमुकाम तम्घासमा कार्यत्रलम गरेर समापन गरिएको छ ।समापन कार्यक्रममा रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्नेमा जोड दिए । उहाँले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न र कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य रुपमा लगाउन आग्रह गरे ।
उनले मोटर साइकल चलाउनेले हेलमेट पुलिसलाई लगाउने झै गरि लगाउने गरेको बताए । त्यस्तै कोरोना महामारीका कारण सबैपक्ष प्रभावित भइरहेको समयमा माक्स लगाउने पनि डक्टरको लागि लगाउने झै गरि लगाउने गरेको बताए ।पुलिस स्वस्थ्यकर्मीलाई भन्दा पनि नागरिक आफनो सुरक्षाको लागि हेलमेट माक्स लगाउनु प्रति सचेत गराए । जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहिहदसम्म सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
जिल्लामा दुर्घटना न्यूनिकरण गर्न यस कार्यक्रमले टेवा पुग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । जिल्लामा बिभिन्न ठाउँमा गरिएको सचेतना मूलक कार्यक्रमले दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने उनले बताए ।सेतना मुलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्य ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । उनले दुर्घटना न्यूनिकरण गर्नको निम्ती सवारी धनीदेखि चालक, यात्रु सबै पक्ष सचेत हुनपर्नेमा जोड दिए ।
सबैपक्षको सहयोगले मात्रै दुर्घटना न्यूनिकरण गर्न सकिने आचार्यले बताए । जिल्लाका बिभिन्न ठाउँमा गरिएको सचेतना मुलक कार्यक्रममा नेपाल स्काउटका प्रतिनिधीहरु, जिल्ला ट्राफिक कार्यालयका प्रहरी लगायतले दुर्घटना न्युनिकरण, कानुनी अबस्था र पछिल्लो समय फैलिरहेको कोरोना महामारीको बारेमा जानकारी गराइएको नेपाल स्काउट रेसुङ्गा नगर पालीका संयोजक सुरेश भण्डारीले बताए । यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने अपेक्षा लिइएको भण्डारीको भनाइ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend